क्यान्सर पिडित भण्डारीलाई दुई लाख ५७ हजार आर्थिक सहयोग

  • प्रकाशित मिति: शुक्रबार, भाद्र २७ २०७६
  • तामाकोशी

रामेछाप, भदौ २७ गते ।
बोन म्यारो क्यान्सर पीडित मुकुन्द भण्डारीलाई उपचारार्थ २ लाख ५७ हजार आर्थिक सहयोग जुटेको छ । रामेछाप मन्थली नगरपालिका फुलासीमा रहेको लालिगुराश युवा क्लबको पहलमा उक्त आर्थिक सहयोग रकम संकलन भएको हो ।
भोटनागी कृषि सहकारी सस्थाका अध्यक्ष सुरेन्द्र खड्काको नेतृत्वमा ६० हजार ६ सय ४० रुपैयाँ र लालिगुरास युवा क्लब फुलासीका अध्यक्ष सन्तोष चौहनको नेतृत्वमा एक लाख ९६ हजार तिन सय साठ्ठी रुपैयाँ रकम संकलन भएको थियो । काठमान्डौमा एक कार्यक्रमको विच उक्त संकलित एकमुस्ट रकम लालिगुरास युवा क्लव फुलासीका अध्यक्ष सन्तोष चौहानले क्यान्सर पिडित भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो।
आर्थिक रुपमा कमजोर क्यान्सर पिडित भण्डारीको सिभिल हस्पिटलमा उपचार भैरहेको छ ।