नेपालि गीतसंगीतको बजारमा अनेक थरिका म्युजिक भिडियो आईरहेका हुन्छन । प्राय कल्पना गरेर सृजना गरेका गीतसंगीत बजारमा आएको बेला खडक कुमारी पुनको वास्तविक जिबनमा घटना घटेपछि यो भिडियो निर्माण गरिएको हो । गायिका पुनले यतिबेला आफ्नै बास्तविक घटनालाई आधार बनाएर गित बजारमा ल्याईएकी छ । आधा जीवन जिउने र बाच्ने कि मर्ने निधो गरेकी पुनले गित रेकर्ड गराएरै छाडने सोचे बनाएकी थिइन् ।
यहि सोचलाई पुरा गर्न नेपालि गीतसंगीतका एक नक्षत्र किरण बाबु पुनले जुराई दिनु भयो । पुनको वास्तविक घटना सुने पछी गायक तथा सर्जक किरण बाबु पुन भावुक हुदै स्वयम् आफ्नै लय तथा शब्द भित्र आफ्नै स्टुडियो शंकरामा रेकर्ड गराउने निर्णय गरे । गित रेकर्ड गरिसके पछी गायिका पुनको पहलमा छायाकन टिम सुर्खेत पुगेको थियो । सुर्खेतको सेरोफेरोमा छायाकन भएको म्युजिक भिडियोलाई नरेश सोनीले निर्देशन गरेका हुन् भने राहुल राईको छायांकन छ । आफ्नै श्रीमानको देवासान भए पछी उनी मृतक आत्माको चिर शान्तिका लागि यो गित गाएकी छन । भिडियो छायांकन गितमा देखाईएका अधिकांस भाग , ठाँउहरु खडक कुमारी पुनको घर हो भने देखाईएको विद्यालय पनि उनका श्रीमान्ले पढाउने विद्यालय हो ।
भिडियो छायांकन गर्यो गितमा देखाईएका अधिकांस भाग , ठाँउ हरु खडक कुमारी पुनको घर हो भने देखाईएको विद्यालय पनि उनका श्रीमान्ले पढाउने विद्यालय हो । अनिल महर्जनले भिडियोलाई सम्पादन गरेका छन् भने उनको छोराको पनि अभिनय रहेको यो गीतमा भावना मगर र कुल बहादुर घर्तिले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई रंग दर्पण ईन्टरटेनमेनटको अफिसियल युटुब च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ ।
भिडियो
https://youtu.be/NtpAmYDznk4