“न बास न गास” सडकको बास मेरो बुढीले अनैतिक काम गरेर मलाई पालेकी छ ,रहर हैन(भिडियो)

  • प्रकाशित मिति: सोमबार, भाद्र २३ २०७६
  • तामाकोशी

साच्चै नै हो कोहि पनि रहरले चोर डाका फटाह हुदैन.. पापी पेटको लागि जे पनि गर्नु पर्ने बाध्यता बिचराहरुको रहेको छ । कति हाम्रो समाजमा अझै छन् घरमा आमाबुवा हुदाहुदै पनि सदकाको जीवन बिताईरहेका अनेक व्यक्ति हामीहरुले भेटाएका छौ । विष्णुमति खोला नजिकै बेबारिसे मान्छेको हुल बसेको भेटिएका छन् । त्याबी फोहोर जाने ट्यांकि भित्र बस्ने सागर श्रेष्ट भेटिएका छन् । सागर त् एक पात्र मात्रै हुन् । सागर जस्तै धेरै यस्ता व्यक्ति राजधानीका बिभिन्न ठाउंमा बसेका हामीले भेटेका छौ ।

यिनी सागरका आमाबुवा हजुरबुवा हुदाहुदै पनि बेवास्था गरे पछी यसरि बेबारिसे तरिकाले बसेको खुलेको छ । ८ वर्ष देखि बेबारिसे बनेर बसेका सागर यतिबेला २१ वर्ष पुगिसकेका छन् र पनि अझै सडक पेटीको बास बसेका छन् । सडकमा नै बसेर पनि बिहे गरिसकेका छन् । पेट पाल्नको लागि पनि मेरो अनेक काम गर्नु परेको छ । मेरो साथमा बुढी छ र पनि पेट पालनको लागि मेरो बुढीपनि अनेक काम गरेर हीड्नु परेको छ ।



सागर भन्नुहुन्छ : म सुध्रिन चाहान्छु तर मलाई सुर्धिने मौका पाईरहेको छैन । मलाई रहर हैन चोरेर लुटेर खान अनि मेरो बुढीलाई अनेक पुरुषसंग बसाल्न रहर छैन । यदि मलाई कसैले सहयोग गर्यो भने मेरो अभिभावक बनेर अईदियो भने म सुधिर्न चाहान्छु । काम गर्छु सडकको बास छ । न घर छ न खाने गास छ ।
हेर्नुहोस यो सागरको जिबन साथै अरु पनि छन् ।
भिडियो