गोरखा, भीमसेन गाउँपालिका -४ का सविन कुमार ३२ वर्षका भए । तर हालसम्म उनले बाबुको नामको नागरिकता पाएका छैनन् । उनकी आमा साईली भनिने चेपा परियार हुन् भने बाबु पुडासैनी (हाललाई नाम गोप्य राखिएको) । आमा दलित भएकै कारण सविन र उनको आमालाई पुडासैनी परिवारले स्वीकार गरेन । स्थानीयहरूको पहलमा सुत्केरी खर्च र सामान्य जीवनयापन खर्च बेहोर्ने गरी नवजात शिशुसँगै उनकी आमालाई माइतमा बस्न लगाइयो ।
दलितसँग बिहे गरेको बहानामा पुडासैनी परिवारलाई गाउँलेहरूले बहिष्कार गरे । सविनका बाबु गाउँ छोडेर भारततिर पसे । लामो समयपछि गाउँ फर्किएका उनलाई सविनले नागरिकता बनाइदिन आग्रह गर्दै आए तर पुडासैनीले भोलि भोलि भनेर वषौंसम्म झुलाइरहे । कुनै चलचित्रको कहानीजस्तो लाग्ने सविनको वास्तविक जीवन भोगाइ कम मार्मिक छैन । उनी पुनः एकपल्ट अहिले न्यायको ढोका ढकढक्याउने प्रयत्न गर्दैछन् । हाल लक्का जवान (चलचित्रको हिरो)जस्तै भएका सविन आफू र आफ्नो आमामाथि भएको ज्यादतीको कानुनी उपचार खोज्ने तयारीमा छन् ।
हेर्नुहोस यो भिडियो :