जिल्लामै पहिलो इन्ट्रलग इटा उद्योग संचालन

  • प्रकाशित मिति: आइतबार, भाद्र २२ २०७६
  • तामाकोशी

नरेन्द्र रावल
भदौ २२ , अछाम ।अछामको सदरमुकाम मंगलसेन नगरपालिका वाड नम्बर तिनमा पहिलो पटक इन्ट्रलग इटा उद्योग संचालनमा आयको छ । घर निर्माणमा प्रयोग गरिने नयाँ प्रबिधिको अर्थात पछिल्लो समय बिश्वमै बढी प्रयोगमा आइरहेको फाइदाजनक मानियको इटा सदरमुकाममै पहिलो पटक निर्माण हुन थाले पछी स्थानियले खुसी ब्यक्त गरेकाछन । मंगलसेन नगरपालिका तिनका युवा उद्यमी एकेन्द्र बोगटीले २०७६ असार बाट आफ्नो पाँच लाख लगानिमा संचालन गरेको त्रिपुरा इन्ट्रलग इटा उद्योग संचालन गरी पाँच जनालाई रोजगर दिन सफल भयका छन ।

स्थानिय कच्चा पदार्थ बालुवा, माटो, र सिमेन्ट प्रयोग गरी मेसिन बाट बनेको यो ईटा निकै बलियो र भरप्रर्दा भयको र आफुले प्रर्ति गोटा ६० रुपयाँमा बिक्रि गर्ने गरको उद्यमी एकेन्द्र बोगटी बताउनु हुन्छ । अछाम जिल्लामा ढुगां बाट घर निर्माण गरिने प्रचलन भयकोले र पहिलो पटक आफुले निर्माण गरेको इटाले बजार नपायको उनको गुनासो छ । पहाडी जिल्लामा नयाँ उद्योग संचालन गरी राम्रो उदारणीय कार्य गरेकोले यस्ता उद्यमी लाई प्रोत्साहन गरीने उद्योग बाणीज्य संघ अछामका महासचिब बम बहादुर रावलले बताउनु भएको छ ।



रोजगारीका लागी भरत जाने अछामको ६० प्रर्तिशत जनसंख्या रोक्न तथा औद्योगीक बिकासमा टेवा पुर्याउन पछील्लो पटक स्थानिय सरकारले युवा लक्षित कार्यक्रम अन्र्तगत युवा उद्यमी हरुलाई राहातका कार्यक्रम ल्याउनु पर्ने स्थानियको भनाई रहेको छ ।