काठमाडौं( प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै विमानस्थलमा संचारकर्मीलाई कुनै प्रतिक्रिया नदिई सोझै बालुवाटार हानिएका छन् ।स्थ्योपचारका सिलसिलामा दुई साता लामो सिंगापुर बसाइ सकेर उनी स्वदेश फर्किएको अवसरमा उनको स्वागतका लागि मन्त्रिपरिषदका सदस्यहरु, संवैधानिक अंगका प्रमुखहरु, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरु विमानस्थलमा पुगेका थिए ।
सो अवसरमा समाचार संकलनका लागि विमानस्थल पुगेका संचारकर्मीसँग नबोली प्रधानमन्त्री ओली बालुवाटारतर्फ प्रस्थान गरेपछि पत्रकारहरुले कुनै प्रतिक्रिया पाएनन् ।प्रधानमन्त्रीको शरिरमा एण्टिबडी बढेपछि स्वास्थ्यमा नकारात्मक असर देखिँदा त्यसको निराकरणका लागि प्रधानमन्त्री दोस्रो पटक सिंगापुर गएर उपचार गराएका हुन् ।
आज फर्किएका प्रधानमन्त्रीको शरीरमा बढी मात्रामा रहेको एण्टिबडी वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया एनयूएचमा पूरा भएको र उहाँको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको उनको निजी सचिवालयले जनाएको छ ।