रामेछापको मन्थलीमा तिज विशेष बृहत सास्कृतिक कार्यक्रम हुदै

  • प्रकाशित मिति: सोमबार, भाद्र ९ २०७६
  • तामाकोशी

रामेछाप, भदौ ९ गते ।
रामेछापको मन्थलीमा तिज विशेष बृहत सास्कृतिक कार्यक्रम २०७६ हुने भएको छ । सोमबार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरेर तिज विशेष बृहत सास्कृतिक कार्यक्रम हुने आयोजक भृङ्गेश्वर सेवा समाजका अध्यक्ष शिवसागर मगरले जानकारी दिएको हो ।
आयोजकका अनुसार कार्यक्रममा विभिन्न राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहने छन् । सामुहिक दर खाने र मौलिक तिज गितमा रमाइलो नाचगान सहितको सास्कृतिक कार्यक्रम मुख्य आकर्षकको रुपमा रहेको कार्यक्रम व्यवस्थापक रोज लामाले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु राधिका हमाल, प्रकाश कटुवाल, सुलेमान शंकर (इकु), रविता मगर र करिष्मा ढकाल लगाएतको वेजोड प्रस्तुति रहने छन् । यसैगरी अन्य कलाकारहरुमा कुमार कार्की, गोमादेवी खत्री, गोविन्द गौतम, लक्ष्मी आले, विवश बस्नेत, तिर्थविरक्त पाख्रिन र शिवसागर मगर लगाएत स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छन् ।
कार्यक्रम यहि भदौ १४ गते शनिबार मन्थली नगरपालिका वडा नंम्बर २ आकासे स्थित रोज होटलको हलमा हुने जनाएको छ । कार्यक्रमको सह–आयोजकको रुपमा रामेछाप सास्कृतिक कलाकार समाज, राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति रामेछाप रहेका छन् भने कार्यक्रम विहान १० बजे देखि साँझ सम्म सञ्चालन हुने छन् ।

(पत्रकार सम्मेलन फोटो सहित)