पुर्व युवराज पारसले प्रहरी माथि देखाए यस्तो हर्कत,,छोरा र भान्जा माथि प्रहरीको दुरब्यबहार(भिडियो)

  • प्रकाशित मिति: सोमबार, भाद्र २ २०७६
  • तामाकोशी

काठमडौं । पूर्वयुवराज पारस शाह सदाका विबादित पात्र हुन् । उनी जहाँ जान्छन् केही न केही गडबढ भइ नै रहेको हुन्छ । यसैबिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि पारसले हातपात नै गरेपछि अहिले यो विषयमाले पनि चर्चा पाइरहेको छ । पारसले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक ९सई० ईश्वर खत्रीलाई सार्वजनिकस्थलमै हातपात गरेसँगै प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ ।

आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै पारसले सई खत्रीलाई छातीमा समातेर धकलेका हुन् । जुन घटनाको भिडियो नै बाहिरिएको छ । पारसले प्रहरीलाई दुब्र्यबहार गरेको भिडियो बाहिरिएसँगै पारसलाई कारवाहीको माग गर्दै सामाजिक संजाल तातेको छ । आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पारस विमानस्थल पुगेको समयमा पारसले उक्त हर्कत गरेका हुन् । पारसले ड्युटीमा रहेका प्रहरीलाई गरेको दुब्र्यबहार भिडियोमा हेर्नुहोस्