चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको समयमा काँग्रेसले सुक्ष्म अनुसन्धान गरेर सत्यतथ्य मात्र बाहिर ल्याउन सरकारसँग माग गरेको छ । काँग्रेसका चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनताको मौलिक हकहरु कुनै पनि असहज परिस्थितिमा पनि हनन हुनु हुँदैन भन्दै विधिको शासन र स्वतन्त्र न्यापपालिकाको सम्मान हुनुपर्ने उल्लेख छ ।
कांग्रेसले चितवनको पछिल्लो जनप्रदर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको निष्कर्ष निकालेको छ । पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका रवि लामिछाने सहित ३ जनाको बयान सकिएएको छ । ओएस नेपालबाट साभार