काठमाडौं । पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । हाम्रा संवााद दाता उर्गिन तामागंले जनाए अनुसार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको र प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
लामिछानेका समर्थकले नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेपछि रवि लामिछानेकाा सर्मथकले चितवन जिल्ला प्रहरी कार्यलय अघि प्रदर्शन गरेका छन् । अस्पताल नजिकैमा प्रहरी बितर हातपात गरिएको छ ।