काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरजा जनतासँग’को ४१८ औं एपिसोड हो । आजको एपिसोडमा ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेका समर्थनमा चितवन लगाएत मुलुकका विभिन्न ठाउँमा (याली निकालिएको छ, यसै विषयलाई कार्यक्रमको आजको एपिसोडमा प्रस्तुत गरिएको छ ।
गत विहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर न्युज २४ टेलिभिजनको कार्यालय परिसरभित्रै प्रवेश गरी टिभी जर्नलिष्टद्वय रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो । शुक्रबार जिल्ला अदालत चितवनले पत्रकारद्वय लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।