रामेछाप, साउन ३२ गते ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँमा विद्युत लाइन विस्तारको क्रममा भएको आर्थिक अनियमितताको विषयमा अध्ययन गर्न जिल्ला स्तरीय टोली शुक्रबार दुरागाउँमा पुगेको छ ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी, प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराई, नेपाल विद्युत प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख विनोद अधिकारी नेकपका नेता आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका सचिव लेखबहादुर कार्की, पत्रकारहरु लगायतको टोलीले विद्युत लाई विस्तार कार्यको स्थलगत अनुगमन गरेको थियो ।
बाँकी भिडियोबाट (स्थलगत रिपोर्ट)