स्वास्थ्य चौकी पकरवासको सार्वजनिक खर्चको सोधखोज प्रतिवेदन सार्वजनिक

  • प्रकाशित मिति: बुधबार, साउन २९ २०७६
  • तामाकोशी

रामेछाप । साउन २९ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नं ५ पकरवासमा रहेको पकरवास स्वास्थ्य चौकीको सार्वजनिक खर्चको सोधखोज प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबिच प्रतिवेदन सार्वजनिक गरिएको हो । नागरिक सामाज पारिस्पारिक जवाफदेहिता परियोजना हुराडेक नेपाल दोलखाले प्रतिवेदन तयार गरेको थियो भने खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा माकादुमको समन्वय रहेको थियो । खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवासका वडाध्यक्ष तुलसीदास श्रेष्ठ र गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ओम प्रकाश श्रेष्ठलाई पारिस्पारिक जवाफदेहिता परियोजना रामेछापका कार्यक्रम प्रमुख नवराज पथिकले प्रतिवेदन हस्तान्तरण गरेका थिए । त्यस कार्यक्रममा स्वास्थ्य केन्द्र पकरवासका इन्जार्च हरेराम शाहा , गाउँकार्यपालिका सदस्य घनश्याम सार्की , स्वास्थ्य कर्मी लगायत महिला स्वास्थय स्वेयम सेवीकाहरुको सहभागिता रहेको थियो ।