रामेछाप।
विभिन्न देशका आदिबासी जनजाति महिला अधिकारकर्मीहरुले आफ्नो पहिचानको लागि अन्तिम समय सम्म पनि लड्न तयार हुनु पर्ने बताएका छन् । निर्माण हुन लागेको सुनकोसी दोस्रो जलविद्युत परियोजना निर्माण पश्चात मन्थली कुनौरीका आदीबासी जनजाति माझी समुदायमा पर्न सक्ने सम्भावित समस्या र चुनौतिहरुको बास्तविकता बुझ्दै उनीहरुले यस्तो कुरा बताएका हुन्।

राज्यले विकासको नाममा आदिबासी जनजाति समुदायका पहिचानहरु विनास गरेको गुनासो गर्दै अपहेलित भएर बस्न नहुने उनीहरुको तर्क थियो । सिया, म्यानमार, किर्जिस्थान, काम्बोडियाका आदिबासी जनजाति महिलाहरुले खुलेरै राज्यको विरोध गरेकाले परम्परा कला सस्कृति र पहिचान जोगाइ राख्न सकेको बताएको थिए । फिलिपिन्सका महिला बर्णीले भनिन् “हामीले दुध पिलाएर बच्चालाई हुकाउदै गर्दा जस्तो ब्यवहार आमाले गर्नु पर्छ त्यस्तै व्यवहार स्तन प्रदर्शन गरेर गरे र अन्नत सफल पनि भए” ।
आफुहरु विकासको बाधक नभई सबै समुदायको पहिचानको सम्मान गर्ने खालको विकास हुनुपर्ने आदिबासी जनजाति महिला मञ्च नेपालका उपाध्यक्ष यशोकान्ति भट्ट चन्दको भनाई रहेको छ । भुमि सम्बन्धी कार्यमुलक अनुसन्धानको क्रममा विभिन्न देशहरु थाइल्याण्ड, फिलिपिन्स, इन्डोनेसिया, भारत, सिया, म्यानमार, किर्जिस्थान, काम्बोडिया, बंगलादेश, सामोया, पाकिस्थान लगाएत अन्य देशहरुका आदिबासी जनजाति महिलाहरु उक्त कार्यक्रममा उपस्थित भएका थिए। उनीहरुले आ– आफ्नो देशको आदिबासी जनजातिहरुको पहिचान, समस्या र चुनौतिहरुको बारेमा अनुभव आदानप्रदान गरेका थिए ।
रामेछाप र सिन्धुलीको सिमाना सेलेघाटमा सुनकोसी दोस्रो जलविद्युत परियोजना निर्माण भयो भने मन्थली कुनौरी, सेलेघाट, कुडाहर, भटौली, मुगिटार, पुछिघाट, कोलोन्जोर घाट लगाएत तामाकोसी र सुनकोसी नदि आसपास बसोबास गर्ने माझी समुदायहरुको बसोबास विस्तावित हुने र त्यहाको कला सस्कृति पहिचान लोप हुने परियोजनाको प्रारम्भिक सर्वेक्षण प्रतिवेदनले देखाएको छ।
(भिडियो सहित)