रामेछाप साँस्कृतिक कलाकार समाजले पायो नयाँ नेत्रित्व

  • प्रकाशित मिति: सोमबार, साउन १३ २०७६
  • तामाकोशी

काठमाडौं । रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ नेत्रित्वको कार्यसमिति पाएको छ । समाजको नयाँ कार्यसमितिमा कलाकार रामकुमार पौडेलले नेत्रित्व गर्ने भएको छ ।

समाजको शनिबार काठमाण्डौंमा सम्पन्न १० औ बार्षिक सभा तथा तेस्रो महाधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरिएको हो ।



महाधिबेशनले समाजको वरिष्ठ उपाध्यक्षमा कुमार कार्की, उपाध्यक्षमा रामकुमार कार्की, उत्तम पौडेल र सन्ध्या सानु, महासचिवमा युनिक विफा घिसिङ,  सचिवमा सुरज लामा घिसिङ, सह–सचिवमा नविना घिसिङ, कोषाध्यक्षमा गोविन्द प्रसाद गौतम तथा सह–कोषाध्यक्षमा विबश बस्नेतलाई निर्वाचित गरेका छन् । ।

यसैगरी समाजको तेस्रो महाधिबेशनबाट शिवसागर मगरलाई समाजको प्रवक्तामा चयन गरिएको छ । यस्तै सदस्यहरुमा गोमादेवी खत्री, रामजी बुढाथोकी, हरिबहादुर काफ्ले मगर, रामचन्द्र बोहोरा, कमला खड्का, गुणराज श्रेष्ठ लगायतलाई चयन गरिएको छ ।