दोलखा । साउन ६ गते,
सदरमुकाम चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्ररप्रस्तावित चरिकोट अस्पतालले एचआईभीरएड्सको निःशुल्क उपचार सेवा सुरु गरेको छ ।
अस्पतालले आइतबारबाट जिल्लाबाटै एचआईभीरएड्सको निःशुल्क परीक्षण सँगै निशुल्क उपचार सुरु गरेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । अस्पतालमा एचआईभीरएड्सको कार्यक्रम सञ्चालन भएपछि निःशुल्क उपचार सेवा दिन थालिएको अस्पतालले जनाएको छ । डाक्टर दंगालका अनुसार दोलखाका ७ जना एचआईभीरएड्सका बिरामीले काठमाण्डौबाट औषधि सेवन गरिरहेका छन् । समाजमा गरिने घृणा एवं लाजका कारण उनीहरु काठमाण्डौबाट नियमित उपचार सेवा लिन बाध्य छन् । प्रस्तावित चरिकोट अस्पतालले सुरु गरेको एचआईभीरएड्सको निःशुल्क उपचार सेवाबाट एचआईभीरएड्सका बिरामी र नयाँ प्रभावितले जिल्लाबाटै निःशुल्क रुपमा सहज उपचार सेवा प्राप्त गर्नेछन् । यसैगरी गएको आर्थिक वर्षमा १३ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आएपछि अस्पतालमा ’एन्टी स्नेक भेनम सेन्टर’ स्थापना गरिएको छ । उक्त केन्द्रबाट सर्पले टोकेका बिरामीको छिटो, छरितो र प्रभावकारी ढंगले निशुल्क उपचार गरिने अस्पतालले जनाएको छ । दोलखाको भिमेश्वर नगरपालिका, वैत्यश्वर गाउँपालिकालगायतका क्षेत्रबाट सर्पदंशका बिरामी आउने गरेका छन् ।
दोलखामा एचआईभीको निःशुल्क उपचार सेवा
- प्रकाशित मिति: सोमबार, साउन ६ २०७६
- तामाकोशी