रामेछाप । असार २४ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौली कार्यालयले २ बर्ष मुनीका बच्चाहरुको पोषण अबस्थाको लेखाजोखा गरी स्वस्थ बच्चाहरुको छनौट पश्चात प्रथम द्धितिय र तृतिय हुने आमा र शिसुलाई पुरस्कृत गरेको छ ।
वडा कार्यालयले प्रथम, द्धितिय र तृतिय क्रमश चरिमाया तमाङ, दुर्गा माझी र कबिता श्रेष्ठ सोमबार पुस्कृत गरेको हो । उनीहरूलाई मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले पुरस्कार बितरण गरेका हुन् । वडाभरबाट स्थानीय स्वास्थ्य संस्थामा ल्याइएका ३९ जना शिशुहरु मध्येबाट प्रथम, द्धितिय र तृतिय छनौट गरिएको थियो । पोषण परिक्षणमा सहभागि सबै आमा र सिशुलाई सहभागिताको पुरस्कारको समेत ब्यवस्था गरिएको थियो । कार्यक्रममा नेकपाका जिल्ला नेता दिपकराज प्रसाई, मन्थली नगर कार्यपालिकाका सदस्य द्धोय निर्माण माझी र श्री बहादुर माझी लगाएतले वडा कार्यालयको कामको प्रशंसा गरेका थिए ।
मन्थली नगरपालिका वडा नं ७ भटौलीमा स्वस्थ्य आमा र शिशुलाई पुरस्कार
- प्रकाशित मिति: मंगलबार, असार २४ २०७६
- तामाकोशी