टिकापुर घटनाका आरोपित रेशम चौधरी अस्पताल भर्ना

  • प्रकाशित मिति: बिहिबार, असार ५ २०७६
  • तामाकोशी

काठमाण्डौ – कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी अस्पताल भर्ना भएका छन् । चार वर्षअघि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका सांसद चौधरी काठमाण्डौको वीर अस्पताल भर्ना भएका हुन् ।

फोक्सो र बोनम्यारोमा समस्या देखिएकाले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।चौधरी केही समयदेखि अस्पतालमा नियमित जाँचका लागि जाने गरेका छन् ।



चौधरीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।१५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् ।अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो ।