ठेकेदारको चरम लारबाही ! समयमा भवन नबन्दा उपचारसेवा प्रभावित

  • प्रकाशित मिति: आइतबार, असार १ २०७६
  • तामाकोशी

असार १, अछाम नरेन्द्र रावल ।अछामको चौरपाटी गाउपालिकामा पर्ने चौरमाण्डौ स्वास्थ केन्द्रको भवन समयमा नबन्दा उपचारसेवाबाट यहाँका नागरीक पर्भाबित भएकाछन ।
२०६८ साल माघमा निर्माण कार्य शुरु भएको स्वास्थ कोन्द्रको भवन २०७० मा हस्तानत्रण गर्नु पर्ने भयपनी ठेकेदारको ढीला सुस्ति र लाप्रर्वाहिका कारण बन्न नसकोको हो ।
तिन करोड नब्बेलाखको लागतमा ५२ कोठे १५ सैयाको ढाईतले भवन हस्तानत्रण गर्ने अवधि भन्दा छ बर्ष बिति सक्दा समेत ६० प्रर्तिषत काम हुन सकेको छैन । जस्ले गर्दा यहाँका नागरीकलाई स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको छ ।

निर्माण ब्यावसायिको चरम लाप्रर्वाहिले गर्दा यो भवन समयमा बन्न नसकेको बताउनु हुन्छ स्थानिय पत्रकार राजेन्द्र कुँवर।



भैगोलिक रुपमा बिकट रहेको चौरपाटी गाँउपालिकामा यहाँका नगरीक लाई आपतकालिन स्वास्थ्य सेवा लिन बाहीरका अस्पताल र स्वास्थ्य किलिनिक धाउनु पर्ने बाध्यता रहेको छ ।
कर्मचारीको दरबंन्दी अभाव संगै समयमा भवन नबन्दा नागरीकलाई गुणस्तरीय सेवा दिन नसकेको स्वास्थ्य केन्द्रका यच।ए। आनन्दराज जोशीले बताउनु भयो।

स्वास्थय केन्द्रको भवन समयमा निर्माण गर्न स्थानिय राजनितिकदल र सरोकारवाला संगको पटक पटक छलफल पछी अब निर्माणलाई निरंन्तरता दिईने बताउनु हुन्छ चौरपाटी गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापा।

यसरी निर्माण भैरहेका अछाम जिल्लाका आधा द्रर्जन भन्दा बढी स्वास्थ्य केन्द्रका भवन ठेकेदारको लापर्वाहीले समय बन्न न सक्दा यहाँका हजारौ नागरीक स्वास्थ्य सेवाबाट बंचित भएकाछन ।