जनतालाई फेरी सास्ती ! प्रधानमन्त्री ओली फर्केपछि बढाइँदै गाडी भाडा

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३२ २०७६
  • तामाकोशी

जेठ ३२, काठमाण्डौ । सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी ८ नबज्दै विज्ञप्ति जारी गर्दै फिर्ता गरेको हो । यता विभागले भाडा वृद्धि गरेलगतै किन फिर्ता ग¥र्यो भनेर अहिले आम चासोको विषय बनेको छ ।

सार्वजनिक यातायातको बढाएको भाडा एक दिन नवित्दै फिर्ता लिएको छ । छोटो तथा लामो दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाउने गरिएको निर्णय एक दिन पनि टिकेन । रिपोटर्स नेपालमा कमलमणि पोखरेलले लेख्नु भएको छ !