काठमाडौं । रोगले धनी र गरीब भन्दैन । रोगले बालक र वृद्ध पनि भन्दैन । रोग जसलाई जतिखेर पनि लाग्न सक्छ । तर, गरीब र आर्थिक अभाव भएकालाई सानै रोग लागे पनि उपचार बिना छट्पटाएर बस्नु पर्ने हुन्छ । तर, कसैको सानो सहयोगले पनि उनीहरुको जीवन रक्षा हुन सक्छ । यस्तै सहयोगको आवश्यक परेको छ श्याम श्रेष्ठ र कोपिल अवाल श्रेष्ठलाई ।
घाँटीमा प्वाल परेपछि श्यामलाई उपचार गर्न आर्थिक अभाव भएको छ । श्रीमान्को उपचारका लागि आर्थिक सहयो गर्न कोपिलाले अपिल गरेकी छन् । सहयोगका लागि श्याम श्रेष्ठलाई ९८४००९०५०५ मोबाइल नम्बरमा फोन सम्पर्क गर्न सकिन्छ भने कोपिला अवालको नबिल बैङक खाता नम्बर ०२१०१६०००२६००७०००००१ मा रकम जम्मा गर्न सकिन्छ ।