२७ जेठ – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर स्थित रहेको जिल्ला अस्पताल जलेश्वरको शौचालयमा करिब ६—७ महिनाको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । ग्लोब्स, सेनेटरी प्याड र गजसहित शौचालयमा शिशु मृत फेला परेको छ । शिशु कसले फालेको विषयमा केहि खुल्न सकेका छैन ।
घटनास्थल हेर्दा चिकित्सककै संलग्नतामा कुनै महिलाले अवैध रुपमा गर्भपतन गराएर शिशु फालेको अनुमान लगाउन सकिन्छ । स्थानीयले घटनाको सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
अवैध रुपमा यौन सम्बन्धबाट जन्मेको सन्तान फालेको घटना पटक पटक सार्वजनिक हुन्छ । तर अस्पतालकै शौचालयमा गर्भपतन गराई बच्चा फालेको महोत्तरीमा यो पहिलो घटना हो । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।