रामेछाप । जेठ २७ गते,
रामेछापको सदरमुकाम मन्थलीमा प्राङगारिक खेती सम्बन्धी तालिम सुरु भएको छ । आइतबारबाट सुरु भएको तालिम मंगलबार सकिने छ । जिल्ला स्थित कृषि ज्ञान केन्द्र रामेछापको सभाहलमा संचालन भएको तालिममा रामेछाप र दोलखा जिल्लाका व्यवसायिक किसानहरुले सहभागिता जनाएका छन् । दोलखा र रामेछाप जिल्लाका नगरपालिकाहरुबाट दुई दुई जना र गाउँपालिकाबाट एक एक जना कृषकहरुले सहभागिता जनाएका छन् । तालिमको सहजिकरण कृषि ज्ञानकेन्द्र रामेछापका प्रमुख सूर्य प्रसाद बराल , राष्ट्रिय आलु तरकारी तथा मसला विकास केन्द्रका बागवानी अधिकृत विष्णु बोगटी र कृषि ज्ञानकेन्द्र रामेछापका प्राविधिक सहायक ऋषिराज सुवेदी लगाएतका कृषि क्षेत्रका विज्ञहरुले सहजिकरण गरिरहेका छन् । 
सरकारले गत बर्षकोे बजेटमानै प्राङगारिक खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने निति लिएको थियो भने यो बर्ष प्रस्तुत भएको सरकारको बजेटमा पनि यस्तो खेती गर्ने किसानलाई सहयोग गर्ने उल्लेख छ । यता रामेछाप र दोलखा जिल्लामा पनि प्राङगारिक खेती सम्बन्धी बहस चलिरहेको छ । रासनैनिक मलले जमिनको उर्वरा शक्तिमा कमि आउँने हँुदा घरगाउँमै तयार हुने जैवीक तथा प्राङगारिक मलमा आधारित खेती गर्न विज्ञहरुको सुझाव छ । अर्गानिक उत्पादनले जनस्वास्थ्यमा समेत फाइदा पुर्याउँछ । यी रामेछाप र दोलखा जिल्लाका गाउँहरुमा अहिले मौसमी तथा बेमौसमी तरकारीहरु अर्गानिक उत्पादनका रुपमा रहेका छन् । तालिममा सहभागि कृषकहरुले अहिले व्यवसायिक रुपमा तरकारी र फलफूल खेती संचालन गरिरहेका छन् ।
रामेछापको मन्थलीमा प्राङगारिक खेती सम्बन्धी तालिम
- प्रकाशित मिति: सोमबार, जेष्ठ २७ २०७६
- तामाकोशी