भगवानले हामि सवैको रक्षा गरुन ! पढ्नुहोस आजको राशिफल,के लेखिएको छ तपाईको भाग्यमा

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २२ २०७६
  • तामाकोशी

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत २०७६ साल जेठ २२ गते बुधबार नेपाल सम्बत ११३९ तछलाथ्व तदनुसार सन् २०१९ जुन ५ तारिक शुक्लपक्ष द्वितीया तिथि अपरान्ह १ वजेर २६ मिनेटसम्म उप्रान्त तृतीया तिथि,आद्र्रा नक्षत्र राती ११ वजेर ४७ मिनेटसम्म उप्रान्त पुनर्वसु नक्षत्र,शूलयोग,कौलवकरण, आनन्दादियोग मुशल,सूर्य वृष राशीमा, चन्द्रमा मिथुन राशीमा ।



शुभ अशुभ मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३५ मिनेटबाट मध्यान्ह १२ वजेर ३० वजेसम्म रहनेछ । सामान्य गुली–विहान १० वजेर १९ मिनेटबाट मध्यान्ह १२ वजेर २ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–मध्यान्ह १२ वजेर २ मिनेटबाट अपरान्ह १ वजेर ४५ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ६ वजेर ५३ मिनेटबाट ८ वजेर ३६ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–पूर्वान्ह ११ वजेर ३५ मिनेटबाट मध्यान्ह १२ वजेर ३० वजेसम्म रहनेछ ।

शुभ अशुभ दिनबार वेला
सूर्योदयबाट प्रातः ६ वजेर ५३ मिनेटसम्म लाभ वेला,६ वजेर ५३ मिनेटबाट ८ वजेर ३६ मिनेटसम्म अमृत वेला,८ वजेर ३६ मिनेटबाट १० वजेर १९ मिनेटसम्म काल वेला,१० वजेर १९ मिनेटबाट १२ वजेर २ मिनेटसम्म शुभ वेला,१२ वजेर २ मिनेटबाट १ वजेर ४६ मिनेटसम्म रोग वेला,१ वजेर ४६ मिनेटबाट ३ वजेर २९ मिनेटसम्म उद्वेग वेला,३ वजेर २९ मिनेटबाट ५ वजेर १२ मिनेटसम्म चर वेला र ५ वजेर १२ मिनेटबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

शुभ अशुभ रात्री बार वेला
सूर्यास्तबाट ८ वजेर ११ मिनेटसम्म उद्वेग वेला,८ वजेर ११ मिनेटबाट ९ वजेर २८ मिनेटसम्म शुभ वेला,९ वजेर २८ मिनेटबाट १० वजेर ४५ मिनेटसम्म अमृत वेला,१० वजेर ४५ मिनेटबाट १२ वजेर २ मिनेटसम्म चर वेला,१२ वजेर २ मिनेटबाट १ वजेर १८ मिनेटसम्म रोग वेला,१ वजेर १८ मिनेटबाट २ वजेर ३५ मिनेटसम्म काल वेला,२ वजेर ३५ मिनेटबाट ३ वजेर ५२ मिनेटसम्म लाभ र ३ वजेर ५२ मिनेटबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ

मेषः– आफ्नो समस्याको समाधान आफैले खोज्नु पर्नेछ अरुको भरमा नपर्नु होला । उत्पादनशिल कार्य,सांगितिक क्षेत्र तथा होटल व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पारिवारिक सहयोग अल्प मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा भूमिकमको खोजी हुनेछ तर मिल्न गाह्रो छ । काममा ढिला सुस्ति नगर्नु होला ।

वृषः– आलस्यता बढ्नेछ । लेनदेन कारोवारमा चनाखो हुनुहोला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ,चिनेर व्यवहार गर्नु होला । कामलाई हल्का रुपमा लिदा अवसर गुम्नेछ । प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन थोरै हुनेछ । आस्था र विश्वास घट्न सक्छ । पारिवारिक खर्च बढ्नेछ ।

मिथुनः– गतिरोध हट्नेछ । ज्ञान र शिपलाई प्रयोग गरी अगाडि बढेमा उपलब्धि हात लाग्नेछ । आर्थिक कारोवारले थोरै टाउको दुखाउनेछ । उत्सवादिमा भाग लिनको लागि निम्ता आउन सक्छ । परिवारमा देखिएका समस्या केहि कम हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

कर्कटः–उत्पादनशिल कार्यबाट आय आर्जन घट्नेछ । गलत विचारको शिकार हुने सम्भावना देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । मिथ्या आरोप लाग्न सक्छ । पारिवारिक समस्या बढ्ने छन् । आलस्यता बढ्नेछ । काम गरेर जश मिल्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवाद बढ्नेछ ।

सिंहः– औषधी चिकित्सा तथा कृष औजार एवं यान्त्रिक कामबाट फाइदा बढि हुनेछ । शत्रुसँगको लडाईबाट लाभान्वित हुनुहुनेछ । विवादको अन्त्य हुनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनसक्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा नयाँ भूमिका मिल्न सक्छ ।

कन्याः– कार्य सम्पादनका हिसावले दिन महत्वपूर्ण रहनेछ । आफन्तबाट रचनात्मक सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा बढि दखल हुनेछ । गरेका काम सहज र सरल विधिबाट सम्पादन हुनेछन् । कामको मुल्याङ्कन राम्रै हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।

तुलाः– मनलाई नियन्त्रणमा राख्नुहोला । रोकिएका काम शुचारु हुनेछन् । मानसिक तनावमा कमि आउनेछ । शैक्षिक तथा न्याय मार्गमा सफलता मिल्नेछ । घरका कुराले मनलाई बढि नै पिरोल्नेछ । यात्राको सम्भावना देखिन्छ । साना साना काम सफल गर्न दखल बढि नै गर्नु पर्नेछ । घरपरिवार छोडेर बाहिर जान मन लाग्नेछ ।

वृश्चिकः– काम गर्ने वातावरण विग्रिएर जाने देखिन्छ । सम्पन्नोन्मुख काम रोकिने छन् । अनावस्यक विषय बस्तुले मानसिक तनाव बढाउनेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद बढ्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घटनेछ । भाग्यमा अवरोध आउन सक्छ ।

धनुः– काममा बनावटी कुराले प्रवेश पाउन सक्छ होशियार रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आयात निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । काममा हेलचक्रयाई नगरी समयमा सम्पन्न गर्ने प्रयत्न गर्नुहोला । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मकरः– सफलता असफलता आफ्नै हातमा रहनेछ । विना संघर्ष कहि केहि हुने छैन । परिवारमा विवाद बढ्न सक्छ । अर्काको कुरा सुनेर काम नगर्नु होला क्षति धेरै हुनसक्छ । आफ्ना कुरा अरुसँग शेयर नगर्नु होला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । खेलाडीको लागि दिन बढि उपलब्धिपुर्ण रहला । परिश्रमको फल मिल्नेछ ।

कुम्भः– काम गर्दा दुविधामा परिनेछ । कृषि क्षेत्र एवं यान्त्रिक काममा लगानी नबढाउनु होला । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । अकारण धन खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि मिल्ने छैन । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

मिनः– शारीरिक एवं मानसिक रुपमा कमजोर अनुभव हुनेछ । राज्य शक्तिको दुरुपयोग गरेर कसैले तपाईलाई दुःख दिन सक्छन् होशियार रहनुहोला । आफुले गरेका कामले अरुलाई बढि फाइदा पुग्न सक्छ । शुख शान्तिमा कमि आउनेछ । आर्थिक कारोवारमा चनाखो हुनुुहोला । घरयासी खर्चमा वृद्धि हुनेछ ।