प्रथम बाजुरा महोत्सव ! स्थानीय कलाकारको अपमान- काठमाण्डौबाट बोलाएका कलाकारलाई ५ हजार,मैले आयोजकलाई नै गरे फिर्ता-राम बहादुर दानी

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २१ २०७६
  • तामाकोशी

जेष्ठ २१ बाजुरा । गत जेष्ठ ३ गतेबाट शुरु भएको प्रथम बाजुरा महोत्सव जेष्ठ ९ गते मात्र सम्पन भई जेठ १० गते कलाकारहरुलाई बिदाइ गरेको छ । जिल्लाको कला, साहित्य, उद्यमम र स्थानिय स्तरको उत्पादित बस्तुहरुको प्रर्दनका साथ सु सम्पन्न भएको उक्त महोत्सबमा बिभिन्न राष्ट्रिय तथा स्थानिय बलाकारहरुको बेजोड साँगितिक प्रस्तुतीहरुका साथै बिभिन्न स्थानिय झाँगीहरुका साथ महोत्सव सम्पन्न भएको थियो ।
यसरी सात दिन सम्म जिल्ला सदरमुकाममा चलेको महोत्सवबाट केहि कलाकारहरुलाइ स्थानिय भन्दै हेपाहा प्रबृति भएको पाइएको छ । हरेक कुराहरु स्थानिय मिठा हुँने तर कला र साहित्यको नाममा भने कलाकारहरुलाई हेपाहा चेपाहा गरिएको छ । बिगत लामो समय सम्म काठमाण्डौलाई कर्मथलो बनाएर आफ्नो सांगितिक पेषामा योगदान गर्दै आएका केहि कलाकारहरुलाई भने उचित सम्मान र प्रोत्साहन दिन नसकेको गायक राम बहादुर दानीले गुनासो गरेका छन । जिल्ला छोडेर कर्म थलो काठमाण्डौ बनाएका गायक दानीलाई महोत्सबका आयोजकले भने कलाकारहरुको पहिलो सुचिमा नै नराखेको त्यस पछि केहि ब्यक्तिीहरुको सिफारिसमा लिस्टमा नाम राखेको पाइएको छ । लामो समयको कर्म नेपाली गित संगति र साहित्यमा योगदान दिदै आएकोले आफुलाई उचित सम्मान र स्थान नदिएको कुरामा गुनासो गायक दानीले गरेका छन ।

आफुले मागे अनुसारको सुधिा र सम्मान नपाउने कुराको संकेत पाए पछि पनि आफुले आयोजकलाई कार्यक्रमको लिष्टबाट नाम हटाउन र नत्र भने आफुले मागेको सेवा र सम्मान दिनु पर्ने कुरा प्रष्ट पार्दा पादै पनि आफुले अनुरोध गरेको कुरालाइ अस्वीकार गरी मनमर्जीरुपमा नाम राखेकोले आफु आफ्नो जिल्लामा आएका गायक दानीले बताएका छन ।
कला र साहित्यको नाममा कलाकारहरुलाई स्थानिय कलाकार भन्दै हेपाहा प्रबृति महोत्सबका आयोजकले निम्त्याएको पाइएको छ । उद्योग वाणिज्य संघ बाजुराको आयोजनामा ुभएको उक्त महोत्सबमा आफ्नो चेलाहरुको दर्जा भन्दा तल्लो स्थरमा राखेकोले आफुे स्थानिय कलाककार भएकोले महोत्सवमा आएता पनि सबै सहयोग गर्ने तर कलाकार भनेर कुनै पनि सुचिमा नराख्न अनुरोध गर्दा गदै पनि मनोमानी गरेको गुनासो गायक दानीले गरेका छन ।



आफु लामो समय सम्म कुनै अन्य पेषामा नभएको र साँगितिक पेसालाई धर्म पेसा भन्दै योगदान गरिरहेको कलाारहरुलाइ स्थानिय भन्दै हेपाहा गरिरएको पाइएको छ । यसरी आफ्नो लामो समय सम्मको योगदानको कदर नगरी लामो समयसम्म काठमाण्डौ जस्तो ठाँउमा संघर्ष गरेका कलाकारहरुलाइ स्थानिय कलाकार भन्दै असन्तुष्ट गरेकोले आयोजकलाई ठुलो बिमति आएको छ । बाजुराकै होनहार गायक प्रकाश थापा जस्ता कलाकारहरुको उचित सम्मान गर्न नसक्ने संज्ञा भएकै कारण गायक थापाले पनि महोत्सवमा उपस्थिति नजनाएको पाइएको छ । यसरी लामो समय सम्मको संघर्षको वेवास्ता गरेर ५ हजारले सम्मान गर्ने प्रयत्न गरेकोले आफुलाई दिएको रकम गायक दानीले स्वयम् आयोजकलाई फिर्ता गरेको बताएका छन ।
यसरी बिमति जनाउदै उक्त रकम फिर्ता गरे लगत्तै उद्योग वाणिज्य संघका पदाधिकारीहरुले कार्यालयमै बसेर उल्टै सिल्ली उडाएको गायक दानीले बताएका छन । कुनै पनि कलाकारहरुलाई सम्मान र सेवा दिने कुरामा कलाकारहरुको योगदान, त्याग तपश्या र वलिदानो कदर गर्नु पर्ने पाइएको छ ।