सावधान ! महिनावारी सुकेपछि ख्याल गरिएन भने हुनसक्छ पाठेघरको मुखको क्यान्सर (भिडियोमा)

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २० २०७६
  • तामाकोशी

बर्षेनी धेरै महिलाहरु क्यान्सरको कारण ज्यान गुमाउने गरेका छन् । यसको प्रमुख कारण हो सर्भाइकल क्यान्सर । यो पाठेघरको मुखमा हुने क्यान्सर हो । पाठेघरको मुखको क्यान्सर हुने कारणहरु धेरै भए पनि मुख्य कारण भनेको कम उमेरमा विवाह हुनु, धेरै बच्चा जन्माउनु, जन्मान्तर कम राखेर बच्चा जन्माउनु, धेरै जना सेक्सुअल पार्टनर बनाउनु आदि हुन् ।

पाठेघरको मुखको क्यान्सरको जोखिम महिनावारी सुकेपछिका महिलाहरुलाई बढी हुने गर्दछ । क्यान्सरको उच्च जोखिममा उमेर ढल्कदै गरेका महिलाहरु बढी पर्ने हुँदा विशेष सावधानी अपनाउनु विशेषज्ञहरुको सुझाव छ ।



मोरङ सहकारीमा कार्यरत प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा। बालकृष्ण शाह महिनावारी सुकेका महिलाहरुलाई विषेश ध्यान दिन आग्रह गर्दछन् । महिनावारी सुकेपछिका महिलाहरुले के कस्ता लक्षण देखिएमा चिकित्सकको परामर्श लिनुपर्छ रु कस्तो सावधानी अपनाउनुपर्छ रु भन्ने विषयमा डा। शाहले दिएको जानकारी तलको भिडियोमाः
https://youtu.be/QaT74E0_mXY