सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत २०७६ साल जेठ २० गते सोमबार नेपाल सम्बत ११३९ वछलागा तदनुसार सन् २०१९ जुन ३ तारिक कृष्णपक्ष र्औसी तिथि अपरान्ह ३ वजेर ५४ मिनेट सम्म उप्रान्त शुक्ल प्रतिपदा तिथि,रोहिणी नक्षत्र राती १ वजेर ३ मिनेटसम्म उप्रान्त मृगशिरा नक्षत्र,सुकर्मयोग,नाग करण,आनन्दादियोग प्रर्वद्ध,सूर्य वृष राशीमा,चन्द्रमा वृष राशीमा ।
शुभ अशुभ मुहूर्त
शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर २९ वजेसम्म रहनेछ । सामान्य गुली–अपरान्ह १ वजेर ४५ मिनेटबाट ३ वजेर २८ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ६ वजेर ५३ मिनेटबाट ८ वजेर ३६ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १० वजेर १९ मिनेटबाट मध्यान्ह १२ वजेर २ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–मध्यान्ह १२ वजेर २९ मिनेटबाट अपरान्ह १ वजेर २४ मिनेटसम्म र ३ वजेर १४ मिनेटबाट ४ वजेर ९ मिनेटसम्म रहनेछ ।
शुभ अशुभ दिनबार वेला
सूर्योदयबाट प्रातः ६ वजेर ५३ मिनेटसम्म अमृत वेला,६ वजेर ५३ मिनेटबाट ८ वजेर ३६ मिनेटसम्म काल वेला,८ वजेर ३६ मिनेटबाट १० वजेर १९ मिनेटसम्म शुभ वेला,१० वजेर १९ मिनेटबाट १२ वजेर २ मिनेटसम्म रोग वेला,१२ वजेर २ मिनेटबाट १ वजेर ४५ मिनेटसम्म उद्वेग वेला,१ वजेर ४५ मिनेटबाट ३ वजेर २८ मिनेटसम्म चर वेला,३ वजेर २८ मिनेटबाट ५ वजेर ११ मिनेटसम्म लाभ वेला र ५ वजेर ११ मिनेटबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।
शुभ अशुभ रात्री बार वेला
सूर्यास्तबाट ८ वजेर ११ मिनेटसम्म चर वेला,८ वजेर ११ मिनेटबाट ९ वजेर २८ मिनेटसम्म रोग वेला,९ वजेर २८ मिनेटबाट १० वजेर ४५ मिनेटसम्म काल वेला,१० वजेर ४५ मिनेटबाट १२ वजेर २ मिनेटसम्म लाभ वेला,१२ वजेर २ मिनेटबाट १ वजेर १९ मिनेटसम्म उद्वेग वेला,१ वजेर १९ मिनेटबाट २ वजेर ३६ मिनेटसम्म शुभ वेला,२ वजेर ३६ मिनेटबाट ३ वजेर ५३ मिनेटसम्म अमृत र ३ वजेर ५३ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ
मेषः– आफ्ना समस्या आफैबाट समाधान गर्ने प्रयत्न गर्नुहोला । अरुको भरोसामा काम गर्ने स्थिति कमै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ । आफुलाई ज्ञान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला ।
वृषः– समयको महत्वलाई नभुलि अगाडि बढ्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । साथी भाई इष्टमित्रबाट अल्प सहयोग मिल्नेछ ।
मिथुनः– समयले आज पनि साथ दिने देखिन्न । काममा बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । सहयोग गर्ने कोहि हुने छैनन उल्टो खुट्टो तान्ने छन् । मिथ्या कुराले सताउनेछ ।
कर्कटः– सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ । समयको उपयोग गर्नु होला, ढिलो गरेमा उपलब्धि त्यत हुने छैन । लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ राम्रैै हुनेछ । पढाई लेखाईमा कम ध्यान जानेछ । पारिवारिक सहयोग मिल्नेछ ।
सिंहः– आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा हुनेछ । गएका ठाँउमा आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ
कन्याः– समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।
तुलाः– समयले कम साथ दिनेछ अरुको भर परेर काम गर्ने अवस्था रहने छैन । काम गर्ने वातावरण मिलाउन गाह्रो हुनेछ । चञ्चलता बढ्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । पठन पाठनमा सामान्य सुधार आउनेछ । काम गर्दा इज्जतको ख्याल राखेर गर्नु होला ।
वृश्चिकः– दिन अनुकुल जस्तै देखिन्छ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पारिवारिक सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ । कमाएको धनलाई वचाउने प्रयास गर्नु होला ।
धनुः– असम्भव देखिएका कुरा सम्भव हुनेछन् । पुराना विवादको अन्त्य हुनेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋणमा काम गर्ने प्रयास नगर्नु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । विना सोच विचार गरेका कामबाट दुःख पाईनेछ ।
मकरः– नजीकका व्यक्तिको सहयोग लिएर काम गर्दा ठीकै हुनेछ । काममा हेचक्र्याई भएमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिबाट उपलब्धि कम हात लाग्नेछ । खर्च बढ्नेछ ।
कुम्भः– काम गर्दा बुझेर गर्नु होला,विना बुझाईका कामबाट घाटा हुनेछ । भोग विलासिता तिर बढि मन जानेछ । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ । श्रम बढि उपलब्धि कम हात लाग्नेछ ।
मिनः– समय आउछ पर्खिदैन ध्यान दिएर काम गर्नु होला । समयम फुत्किए पछि उपलब्धि फुत्किनेछ । साथी भाईबाट उचित सहयोग सल्लाहा पाईनेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट आम्दानी राम्रै हात लाग्नेछ । पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ । खर्च व्यवस्थापनमा ध्यान दिनु होला ।