रामेछाप, जेष्ठ १८ गते ।
मंगोल नेशनल अर्गनाइजेशन रामेछापको जिल्ला सभा पुनर्गठन तथा प्रशिक्षण शनिबार मन्थलीमा सम्पन्न भएको छ । जिल्ला सभाले चन्द्र प्रकाश घिसिङको अध्यक्षतामा २८ सदस्यिय नयाँ नेतृत्व चयन गरेको छ । जसको सचिवमा भूवन घिसिङ, कोषाध्यक्षमा ओम श्रेष्ठ, सह-सचिवमा सिताराम मगर र सल्लाहकार सदस्यमा नवराज मगर छानिएका छन् ।
सभाको उद्घघाटन केन्द्रिय सचिव थमन बुढामगरले गरेका थिए । भूवन घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय प्रचार सचिव मनिपा लिम्बु, केन्द्रिय सदस्य मंगोल भक्त खपांगी, शान्ता मगर, प्रदेश सदस्य शागर आले, दोलखा जिल्ला सभाअध्यक्ष निमा घिसिङ लगायतले बोलेका थिए ।
बक्ताहरुले मंगोलियन समुदाय खस आर्य समुदायको थिचो मिचोमा परेकोले आपूmहरुको आन्दोलन त्यसको विरुद्ध भएको बताएका थिए ।
कार्यक्रमको केहि तस्विरहरु




