काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि विज्ञापन प्रकाशन गरेको छ । कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकारको ७६/०२/०६ को निर्णय अनुसार स्थानीय तहमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्थानीय तहबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत मागहरू आयोगबाट विज्ञापन गरिएको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ ९ हजार र बढुवातर्फ ६ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको बताउनुभयो । लोकसेवाले असार तीन गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको छ । प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकता क्रम अनुसार स्थानीय तह तोकी सिफारिस गरिनेछ ।
यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् । सेवाका शर्त र तलब तथा अन्य सुविधा सम्बन्धित स्थानीय तहको कानून बमोजिम हुने विज्ञापनमा जनाइएको छ ।
विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्