सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,विक्रमसम्वत २०७६ साल जेठ १४ गते भौमबार नेपाल सम्बत ११३९ वछलागा तदनुसार सन् २०१९ मे २८ तारिक कृष्णपक्ष नवमी तिथि मध्यान्ह १२ वजेर १ मिनेट सम्म उप्रान्त दशमी तिथि,पूर्वभाद्रा नक्षत्र अपरान्ह ५ वजेर ५७ मिनेटसम्म उप्रान्त उत्तरभाद्रा नक्षत्र, विष्कुम्भयोग, गरकरण,आनन्दादियोग काण,सूर्य वृष राशीमा,चन्द्रमा विहान ११ वजेर २१ मिनेटसम्म कुम्भ उप्रान्त मीन राशीमा ।
शुभ अशुभ मुहूर्त
अशुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर २८ वजेसम्म रहनेछ । सामान्य गुली–मध्यान्ह १२ वजेर २ मिनेटबाट १ वजेर ४४ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–अपरान्ह ३ वजेर २७ मिनेटबाट ५ वजेर ९ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ८ वजेर ३७ मिनेटबाट १० वजेर १९ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–विहान ७ वजेर ५५ मिनेटबाट ८ वजेर ५० मिनेटसम्म र राती १० वजेर ५९ मिनेटबाट ११ वजेर ५४ मिनेटसम्म रहनेछ ।
बार वेला
सूर्योदयबाट प्रातः ६ वजेर ५४ मिनेटसम्म रोग वेला,६ वजेर ५४ मिनेटबाट ८ वजेर ३७ मिनेटसम्म उद्वेग वेला,८ वजेर ३७ मिनेटबाट १० वजेर १९ मिनेटसम्म चर वेला,१० वजेर १९ मिनेटबाट १२ वजेर २ मिनेटसम्म लाभ वेला,१२ वजेर २ मिनेटबाट १ वजेर ४४ मिनेटसम्म अमृत वेला,१ वजेर ४४ मिनेटबाट ३ वजेर २७ मिनेटसम्म काल वेला,३ वजेर २७ मिनेटबाट ५ वजेर ९ मिनेटसम्म शुभ वेला र ५ वजेर ९ मिनेटबाट सूर्यास्तसम्म रोग वेला रहनेछ ।
बार वेला
सूर्यास्तबाट ८ वजेर ९ मिनेटसम्म काल वेला,८ वजेर ९ मिनेटबाट ९ वजेर २७ मिनेटसम्म लाभ वेला,९ वजेर २७ मिनेटबाट १० वजेर ४४ मिनेटसम्म उद्वेग वेला,१० वजेर ४४ मिनेटबाट १२ वजेर २ मिनेटसम्म शुभ वेला,१२ वजेर २ मिनेटबाट १ वजेर १९ मिनेटसम्म अमृत वेला,१ वजेर १९ मिनेटबाट २ वजेर ३६ मिनेटसम्म चर वेला,२ वजेर ३६ मिनेटबाट ३ वजेर ५४ मिनेटसम्म रोग र ३ वजेर ५४ मिनेटबाट सूर्योदयसम्म काल वेला रहनेछ
मेषः– प्रातःकाल थोरै अनुकुल देखिन्छ । मध्यान्ह पछि समयले कम साथ दिनेछ । मिलेर काम गर्दा डुविनेछ । गलत चिन्तनको शिकार हुने देखिन्छ । दुर्जनहरु पछि लाग्नेछन् । आर्थिक हिनामिना बढि हुनसक्छ । नयाँ क्षेत्रमा लगानी बढाउदा डुब्ने सम्भावना बढि देखिन्छ । परभावको सम्भावनालाई नकार्न सकिन्न । इच्छा आकाँक्षा मर्ने छन् ।
वृषः– समयले आज पनि साथ दिनेछ । सुख,शान्तिमा वृद्धि हुनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्छन् । राजनैतिक भेटघाटबाट उर्जा मिल्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।
मिथुनः– मध्यान्हबाट समयले साथ दिनेछ । पुराना समस्या समाधान भएर जानेछन् । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । तपाई माथि आशा र भरोसा राख्ने धेरै हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मित्रबाट सहयोग पाईनेछ । आर्थिक पक्ष दूर्वल हुदा काममा सामान्य ढिला सुस्ति हुनसक्छ । काम गर्ने जोश जागर बढ्नेछ ।
कर्कटः– समयले कम साथ दिनेछ । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने काम हुनेछ । मानसिक तनावमा भने थोरै कमि आउनेछ । जीवन सगिनी र सन्तानबाट सुख थोरै मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । धार्मिक काममा अभिरुची बढ्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् ।
सिंहः– प्रतिकुल वातावरणको सामना गर्नु पर्ला । गलत चिन्तन बढ्नेछ । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ । मुखको अश्वासन धेरैको पाईनेछ तर व्यवहारिक सहयोग कसैको पाईने छैन । अन्तिम चरणमा पुगेका काम रोकिन छन् ।
कन्याः– धेरै रमाईलोमा भुल्दा उपलब्धि गुम्न सक्छ सचेत हुनुहोला । आयत निर्यात व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । लोभ मोह बढ्नेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । दापत्य जीवनमा सुखानुभूति हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
तुलाः– हचुवाका भरमा काम गर्दा कुनै फाइदा हुने छैन । विचार विमर्श गरेर काम गर्नु होला । राजनैतिक व्यक्तिको विश्वास परेर काम गर्नु भयो भने डुब्नु हुनेछ । सवै सहयोगी हुने छैनन आन्तरिक कुरा नखोल्नु होला । इच्छा आकाँक्षा बढि तथा परिपूर्ति कम हुनेछन् । सामान्य प्रयासबाट लक्ष्य प्राप्ति हुने छैन ।
वृश्चिकः– काम गर्ने विश्वासिलो बातावरण बन्ने छैन । अलमलमा परेर काम गर्दा अवसर गुम्न सक्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । विदेशको चहाना बढ्नेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । वाह्य सम्बन्धमा सुधार आउनेछ ।
धनुः– विहान थोरै काम हुनेछन् । मध्यान्ह पछि समयले कम साथ दिनेछ । योजना टुक्रिने देखिन्छ । काम गर्ने जोश जागर घट्नेछ । पारिवारिक सुख शान्तिमा कमि आउनेछ । धन सम्पतिको विषयलाई लिएर आफन्तसँग मन मुटाव बढ्नेछ । राजनैतिक व्यक्तिको सहयोग लिएर काम गर्ने सपना नदेख्नु होला । व्यापार खस्किने छ ।
मकरः–समयको गति सगै काममा प्रगति हुनेछ । विगतमा नबनेका काम आज बन्ने छन् । वित्तिय कारोवारमा सुधार आउनेछ । परिवारको सहयोग लिएर काम गर्नु भयो भने अझ राम्रो हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ । पाटर्नशिपमा कुनै काम नगर्नु होला ।
कुम्भः– राजनैतिक हतियार प्रयोग गरेर काम गर्न खोज्दा आफै माथि फर्किनेछ । आफन्तबाट पराईको व्यवहार हुनसक्छ सचेत रहनुहोला । इच्छा आकाँक्षा बढि हुनेछन् परिपूर्ति भने कम हुनेछ । वोली कसैलाई नदिनु होला । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आम्दानी खर्चको सन्तुलन कायम राख्न सकिने छैन । ऋण लगानी नगर्नु होला ।
मिनः– प्रातःकाल प्रतिकुल छ । मध्यान्ह पछि समय अनुकुल हुनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । इच्छा आकाँक्षा बढ्नेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । पारिवारिक सुख शान्ति मिल्ने । मान्यजनबाट काम गर्ने प्रेरणा मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।