हेलिकोप्टर दुर्घटना, ८ जनाको मृत्यु

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ९ २०७६
  • तामाकोशी

इन्डोनेसियामा ज्वालामुखीको विस्फोट भएपछि त्यसको उद्वारका लागि गएको हेलिकोप्टर नै दुर्घटामा परेको छ । सो हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार यस हेलिकोप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य रहेका थिएजाकार्ता : इन्डोनेसियामा ज्वालामुखीको विस्फोट भएपछि त्यसको उद्वारका लागि गएको हेलिकोप्टर नै दुर्घटामा परेको छ । सो हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन्इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार यस हेलिकोप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य रहेका थिए ।



दुर्घटना भएको स्थलबाट सबै व्यक्तिको शव फेलापर्नुको साथै पहिचानसमेत खुलेको उक्त खोजी तथा उद्वार निकायका प्रमुख मुहमद सेगगीले एएफपी समाचार सतितिलाई जानकारी दिनुभएको छ । आइतबार अपराह्नमध्य जाभामा ज्वालामूखी विस्फोट भएको स्थानमा उद्धारकार्यको लागि सो हेलिकोप्टर गइरहेको थियो ।यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको इन्डोनेसिया खोजी र उद्धार निकायको यातायात सुरक्षा विभागले जनाएको छ । गत केही महिनायता इन्डोनेसियाले वायु सेवामा कैयौँ दुर्घटना भएका छन् । इन्डोनेसियाको बोर्नेओ राज्यको दुर्गम इलाकामा गत डिसेम्बरमा भएको एक सैनिक विमान दुर्घटनामा परी करिब तीन व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी