सिन्धुलीको अधिकांश होटलमा स्टिकर टाँसियोः पहेँलो स्टिकर टाँसेकोमा खाना खान अयोग्य

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ९ २०७६
  • तामाकोशी

सिन्धुली, रमिला खड्का ।
सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारीमा पहिलोपटक २१ होटलमा खाद्य स्वच्छता स्टिकर टाँसिएको छ ।

बिपी राजमार्गमा दैनिक ओहोरदोहोर गर्ने इलाम, झापा, मोरङ सुनसरी लगायत तराईका जिल्लाका यात्रुहरूरुले खाना गुणस्तरहीन भएको गुनासो गरेपछि खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले अनुगमान गरेको हो । अनुगमनपछि सुधारका लागि अभिमुखिकरण दिई स्टिकर लगाउन शुरु गरिएको गुण नियन्त्रण डिभिजन कार्यालयले सिन्धुलीले जनाएको छ । हरियो रङ्गको स्टिकर टाँस गरिएको होटलहरूमा निर्धक्क भएर खाना खान मिल्ने र पहेँलो रङ्गको स्टिकर भएका होटलमा खान नमिल्ने जनाएको छ ।



सरसफाईको बिभिन्न सुचकको आधारमा ५० देखि ६४ सामान्य, ६४ देखि ६९ सन्तोषजनक, ७० देखि ९० उत्तम र ९० देखि १०० अति उत्तम नम्बरका आधारमा बर्गिकरण गरिएको थियो । जसमा अधिकांश होटलले ५० देखि ६१ नम्बर मात्र प्राप्त गरेका छन् । धेरै होटलहरूमा पहेँलो स्टिकर टाँस गरिएको छ ।