रामेछापमा श्रष्टा सर्जक सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम हुदै

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ ७ २०७६
  • तामाकोशी

रामेछाप, जेष्ठ ७ गते ।
रामेछापको सदरमुकाम मन्थलीमा श्रष्टा सर्जक सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । “भाषा, लिपि कला सस्कृति तथा साहित्य रहे मात्र जातियताको अस्तित्व रहन्छ, जातियता रहे मात्र राष्ट्रियताको अस्तित्व रहन्छ” भन्ने मुल नाराको साथ नेपाल मगर साँस्कृतिक संघ रामेछापको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।

लाइभ बाजा, पञ्चेबाजा तथा विविध साँस्कृतिक झाँकी सहित राष्ट्रिय चर्चित कलाकारहरुको साथमा कार्यक्रम हुने आयोजक नेपाल मगर साँस्कृतिक संघ रामेछापका अध्यक्ष नविन थापा मगरले तामाकोसी अनलाइनलाई जानकारी दिए । कार्यक्रममा विभिन्न विद्याहरुमा क्रियाशिल रामेछापका चर्चित व्यक्तित्वहरु लाई सम्मान पनि गरिने आयोजकले जानकारी दिएको छ । सम्मानित हुुनेहरुमा गायिका सिता थापा, कोलगेट इमेज लोक कलाकार विजेता रामकुमार नेपाली, गायक सिजम सिंजाली, निर्देशक एकान्त मगर, डान्सर रविता मगर, आरोही नर्विन मगर, साहित्यकार नविन गाउले, हरीबहादुर आलेमगर, गणेश बहादुर थापामगर, सस्कृति तर्फ डान्सिङटार मगर नाच उत्थान समुह रहेका छन् ।
कार्यक्रम विक्रम सम्बत २०७६ साल जेष्ठ ११ गते शनिबार जिल्ला समन्वय समिति रामेछापको प्राङ्गनमा हुने जनाएको छ ।