मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोल छ भने यि कुरा नखानुस्

  • प्रकाशित मिति: शनिबार, बैशाख २१ २०७६
  • तामाकोशी

हामीमा कुनै न कुनै रोग भएको हुनसक्छ, तर याद भने कमैले मात्र गरेको हुन्छ । त्यति मात्र कहाँ होर के खाँदा के हुन्छ ? भन्ने समेत जानकार नहुदा अकालमा ज्यान गुमाउन बाध्य हुन्छ पनि । दूधले मासिनलाई स्वस्थ बनाउँछ ।

स्वस्थ व्यक्तिले नियमित दूध खाएमा ओभर न्युट्रिसनको समस्या हुन सक्छ ।मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूध सेवन असुरक्षित मानिन्छ । दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल हुन र तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ । स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ ।



दूधमा फ्याट र क्यालोरी अत्यधिक हुने भएकाले त्यस्ता मानिसले दूध नलिँदा राम्रो हो ।

भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ । किनभने, यसमा गाईको दूधमा भन्दा दोब्बर फ्याट हुन्छ । जसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।

#एजेन्सी