शब्दकोषमा खोजेर पनि वर्णन गर्न नसकिने एउटा शव्द ! ‘आमा’

  • प्रकाशित मिति: शनिबार, बैशाख २१ २०७६
  • तामाकोशी

जति तिरस्कार गर्न खोजे पनि मन भित्र कहिँ न कहिँ रहन्छिन् आमा । तर आमाको मर्म बुझ्न त्यति सजिलो भने पक्कै छैन् । जो कोहि मानवलाई पनि ९–९ महिना सम्म कोखमा राखेर जन्म दिन्छिन् । गर्भावस्थाको अप्ठ्यारो समयमा पनि निकै धर्यवान् र सहनशील भएर आफ्नो सन्तानलाई यो धर्तीमा टेकाउछिन् । जति पुरुषलाई बाबु बन्न सजिलो छ त्यो भन्दा धेरै गुणामा आमा बन्न गाह्रो छ । सृष्टीकर्ताको उपमा पाएकी आमा, लाग्छ मेरो लागी उनी जति प्रिय अरु कोहि छैन् ।
दुई अक्षरले निर्मित आमा शब्दलाई न हामीले हेलामा पार्न सकिन्छ न बिर्सन नै । मेरी आमा कति महान छीन् । उस्को जिन्दगीमा सवै मेरो वाउको हस्तक्षेप हुन्छ । जे पनि वाउको नाममा गर्न पर्ने ।। सिउदों आमाको सिन्दूर वाउको नामको । गला आमाको पोते वाउको नामको । हात आमाको चूरा वाउको नामको । औला आमाको औठि वाउको नामको । खूट्टा आमाको पाउजू वाउको नाममा दिन पर्नै ।।।।

ठूला मानिसलाई ढोगौं “सौभाग्यवतीभएस” आसिश वाऊको नामको तिजब्रत र अरू सबै ब्रतहरू वाऊको नामको यति सम्मकि कोख आमाको, दूधआमाको, खूनआमाको, अनि बच्चावाऊको नामको ! घरको ढोकामा लगाईएको “नेम प्लेट”वाऊको नामको ! यति सम्म त ठिकै थियो “आमाको आफ्नो नामको सम्मुख लेखिएको गोत्र पनि आमाको होइन वाऊको नामको” ! सबथोक त बाउको नामको आखिर के छ आमाको नामको ?
कहाँ सजिलो छ र आमा बन्न ।
एउटी केटी बिहे गरेर घर गई, हिजोकी केटी अब आज बुहारी भई, हिजो मोजमस्ती गरिरहेकी केटी अब पराईघरको सेवामा लागि, हिजोसम्म टिसर्ट र जिन्स लगाउने केटी, अब सारी लगाउन जान्ने भई, निलनदीझैं बगिरहेकी केटी अब पराई घरको नीर मात्रभई, दिनदिनै रमाइलोमा खर्च गर्ने बानी, अब साग सब्जी बजारमा भाउ कस्न जान्ने भई, हिजोसम्म“फुल स्पिड” स्कूटी चलाउने केटी अब बाइकमा पछाडी बस्न सिकी हिजो सम्म तीन पटक पूरा खानाखाने केटी, आज पराई घरमा तीन पटक खाना बनाउन थाली, हमेशा जिद्दी गर्ने केटी, अब लोग्नेको इच्छा सोध्ने बानी सिकी, हिजो सम्म आमालाई काम लगाउने केटी, आज सासुको काम गर्न थाली, हिजो सम्म भाइ (बहिनीसँग झगडा गर्ने केटी, आज नन्द र देवरलाई सम्मान गर्न सिकी, वावाको आँखाकी नानी, अब ससूराको गिलासको पानी बनी, यो सबै त्याग र समर्पण मात्र आमाहरुले गर्न सक्छन ! त्यसैले कृपया आमाहरुलाई सधैं सम्मान गरौँ !
अर्को पाटो सन्तानको जन्मदिनु
जन्म दिनु मात्र आमाको जिम्मेवारी होईन् । कति पटक गर्भपतन गराएर पनि जन्मदा पनि छोरी हुनु पछि त्यो आमा बन्न नै हो , त्यो कठिन परिस्थिती सगै जुद्धदै छोरीको स्तनपान, स्याहार सुसार, पालन पोषण लगायतका कार्यमा मुख्य भूमिका निभाउनुनी आमा ।
त्यहि आमा हो, दुखमा पनि हाँसेर तिमिलाई हँसाउन खोज्ने, त्यहि आमा हो, मेला पातमा आफुलाई खानदिएको मकै भटमास, चिउरा, रोटी जे भएपनि पटुकीमा पोको पारि तिम्लाई ल्याईदिने, अप्रिय घटना केहि भई हाल्लाकी भन्ठानेर आफु ननिदाई तिम्रो हेर चाह गर्नु, तिमि विरामी हुदा औषधि पचारका लागी सर्वश्व बेच्न तयार सम्म हुनु, बाबुले पिट्दा वा गाली गर्दा पनि बाबुको गाली वा पिटाई आफुले खाएर पनि ज्यान दिन सक्ने हुन् आमा । आफु विरामी हुदा समेत तिम्रो सरसफाई, पालन पोषण र रेखदेखमा जागा बस्ने सम्पुर्ण गुण आमामा भेटिन्छन् ।
सन्तानको सदासदा भलो चाहने मेरो आमा । प्रसवको वेदनामा आफ्नो भन्दा पेटवाट बाहिरी संसारमा आउन चाहने तिमिलाई ख्याल गर्ने मेरी आमा । सुत्केरी अवस्थामा जुवानोको झोल नपाए पनि दुधनआए पनि मातृस्पर्शमा टाँसेर तिम्लाई भुलाउन भए पनि दुधको लाम्टो चुसाउने मेरीआमा ।



जीवनमरणको दोसाँधवाट उम्केर आफ्ना सारा ईच्छा, चाहना र भावनालाई मारेर मेरो आमाको जिन्दगीमा म जन्मिनू भन्दा पहिले र अहिलेको समयले कोल्टो फेरीरहेको छ । पहिले मेरो वाउले गर्ने माया र अहिले गर्नै मायामा कमि आएको छ । अव मेरो आमा र वाको सम्बन्धको दूरी पहिलेको भन्दा केहि दूर भएको छ । मेरो स्याहार सुसार सगै मेरो वाको स्याहार सूसार गर्न छाडेकि छिन् आमाले ।।
विहानै विहानै मिठो स्वरमा चिया लिनूस् भनेर सवको विस्तारामा पूग्ने मेरी आमा आज म जन्मे पछि पुग्न भ्याउनु भएको छैन । त्यहि भर घरका मान्छेले गर्ने व्यवहारमा शव्दमा परिवर्तन आएको छ । जति पिडा अपाच्य शव्द सहेर पनि चिसोमा न्यानो बनाउन, गर्मीमा शितल बनाउन, सन्तानले दुख्यो भन्दा पनि चिन्ता मान्ने कोमल हृदय भएकी मेरी आमा ।

आफुले फाटेको, टालेको वा पुराना लुगा लगाए पनि सन्तानले राम्रै लगाओस् भन्ने पवित्र भाव व्यक्त गर्ने मेरीआमा । त्यस कारण तिम्ले बिर्सेर पनि आमालाई भुल्न, अपमान गर्न मिल्दैन् । तर पनि अझै पनि केहिको मनमा बस्न नसकेकोमा चिन्ता लागेको छ । कति पयको आँखामा टिलपिल टिलपिल आँशु देखेको छु । कतिपय सन्तानले आमालाई बाचुन्जेल सम्म रुवाई राखेको उदाहरण पनि समाजमा उदाहरणको रुपमा देख्न सकिन्छ ।

आफु काँडामा सुतेर पनि आफ्ना सन्तानलाई फुलमा सुताउन चाहने, आफु मरेर सन्तानलाई बचाउन चाहने, आफु रोएर सन्तानलाई हँसाउन चाहने, आफु पछि हटेर सन्तान अघि बढोस् भन्ने निश्चल सोच र भावनाका साथ सधैँ प्रेरणादायी, निवास्र्थी, कोमल हृदयकी खानी, गंगामा बगीरहने पानी जस्तै मन भएकी, मायाकी खानी हुन् आमा ।

बाबुले के गरिस्, कति कमाईस् भनेर सोध्दा आमाको मुखवाट नानी आज खाईस् खाईनस्, के खाईस्, कति बेला खाईस् जस्ता मायालु मातृत्व झल्कने शब्दावली तपाईमा पनि पोखिएको छ होला ?जुनसुकै विषयलाई हल्का रुपमा लियौ भने त्यो वस्तुको वास्तविक महत्व चालपाईदैन् । आमाशब्द र भूमिकालाई पनि सतहि रुपमा लिदा खासै केहि होईन् तर भूमिका विश्लेषण गर्ने हो भने तपाईलाई पनि आत्मा देखि नै हो, आमा भनेको त वयान गरेरै सक्दिन जस्ता शब्द छताछुल्न हुन पुग्ला ।

आमाले नै तिमिलाई आ, आ र क, ख लगायतका बाह्रखरी लेख्न, बोल्न सिकाईन, तातेताते गर्दै हिड्न सिकाईन् । खान, पिउन, पिसाव फेर्न, दिशा बस्न सिकाईन् । उनैले पारिवारिक तथा सामाजिक असल संस्कार सिकाईन् । त्यसै भनिएको होला, आमाशिक्षाको पहिलो गुरु भनेर ।

तिम्ले पैसाले धेरैथोक सवथोक किन्न पाईएला तर आमा किन्न पाईएला र ? सहनशीलताको प्रतिमुर्ती आमाबाहेक अरु के हुन सक्छ र ? आमा मायाको खानी मात्र होईनन्, शिक्षाको पहिलो र संसार देखाउने गुरु हुन् ।
तर अचेल आमा आफ्नै श्रीमान् र सन्तानवाट हेलामा पर्न थालीएको छ । तिमिलाई जन्मायो, हुर्कायो, जिम्मेवार बनायो तर बुढेशकालमा आमा बेसाहारा बन्दै बलिन्द्र धारा आँशु झार्न बाध्य बनेकी छिन् । आमाहरुकै लागी भनेर विभिन्न गाउँ शहरमा बृद्धाश्रमको योजना तथा भवननिर्माण हुदैछ । बुढेशकालमा साहारा चाहिने बेलामा आमालाई उहि एक्लोपनको उपहार दिने संस्कार मौलाउदैछ । यस तर्फ पनि आमाका सन्तानहरुले गम्भिर रुपमा सोच्नुपर्ने समय आएको छ ।

आमावाट मायाको वास्तविक अर्थ बुझ्न, असलशिक्षा र संस्कार आर्जन गरी सभ्यता सहित हिड्न खोज्नु सन्तानको मुख्य कर्तव्य हो । आमावाट आशिर्वाद थाप्न र आमाको पुजा गर्न कहिल्यै नबिर्सनु । आमाको दुश्मन र आमाको चित्त दुखाउने काम पनि असल सन्तानले गर्नु उचित मानिदैन् ।

त्यसकारण आमाको गुन यो जुनीमा तिम्ले तिर्न नसके पनि आमाको गुन तिर्न हरेक पलपलमा सम्मान गर्न सिक । अन्त्यमा भन्न मन लाग्छः पुज्ने गर, जन्मदिने, सृष्टि हुन् आमादुख कष्ट भुलाई दिन्छिन्, धर्ती हुन् आमा !
                                                                          “मातातिर्थ औंसीको सवैलाई शूभकामना”।।