रामेछाप । वैशाख १६ गते,
रामेछाप जिल्लामा रहेर विभिन्न सञ्चार माध्यममा काम गरिरहेको पाँच जना पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले सम्मान गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमै एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालयले संचालन गरेको कार्यसम्पादनका बारेमा प्रभावकारी सूचना प्रसारण गरी सहयोग गरेको भन्दै प्रशंसापत्रले सम्मान गरेको हो ।
यसअघिका रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको कार्यकालमा भएका कामलाई अझ प्रभावकारी बनाउन पत्रकारिता क्षेत्रबाट अत्यावश्यक सूचना जन्य सामाग्रीहरु प्रकाशन तथा प्रसारण गरी सहयोग गरेको भन्दै विभिन्न मिडियामा कार्यरत पत्रकारहरुलाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुने पत्रकारहरुमा एभिन्युन टेलिभिजन , अनलाइन खबरका जिल्ला रिपोर्टर एवं रेडियो तीनलालका प्रवन्ध निर्देशक नवराज पथिक , जनता टेलिभिजनका जिल्ला रिपोर्टर तथा रेडीयो तिफदीका प्रवन्ध निर्देशक सुमित श्रेष्ठ , न्युज २४ र नयाँपत्रिकाका जिल्ला रिपोर्टर दिपक भट्ट रहेका छन् । त्यसैगरी माउन्टेन टेलिभिजनका जिल्ला रिपोर्टर , रेडीयो तीनलालका समाचार प्रमुख एवं तामाकोशी अनलाइनका कार्यकारी सम्पादक नवराज श्रेष्ठ र प्राइम टेलिभिजन र नेपाल समाचारपत्र दैनिकका जिल्ला रिपोर्टर राचन्द्र विकलाई जिल्ला प्रशासनले प्रशंसापत्र मार्फत सम्मान गरेको हो ।
सम्मानित पत्रकारहरुलाई रामेछापका वर्तमान प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले प्रशंसापत्र प्रदान गरेकी थिइन् । प्रशंसापत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी केसीले अघिल्लो प्रमुख जिल्ला अधिकारीको कार्यकालमा जस्तै आफ्नो कार्यकालमा पनि जिल्लाका पत्रकारहरुले सहयोग गर्ने विश्वास व्यक्त गरीन् । प्रशंसापत्र वितरण कार्यक्रमभन्दा अडाडि पत्रकारहरुसंग गरिएको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले जिल्लाको शान्ति , सुरक्षा र अमन चयन कायम गर्नका लागि कुनै कसुर बाँकि नराख्ने बताइन् । उनले नागरिकलाई केन्द्रबिन्दुमा राखेर बजार अनुगमनलाई प्रभावकारी बनाई जिल्लामा भ्रष्टचारलाई शुन्य शहनशिलतामा ल्याउने बताइन् । कार्यक्रममा पत्रकारहरुले आवश्यक अध्ययन अनुसन्धान नगरी यसभन्दा अगाडी प्रशासनले गरेका निर्णयहरु कार्यान्वयन हुन नसकेको भन्दै यसमा गम्भीर हुन प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएका छन् ।
तामाकोसी अनलाइनका कार्यकारी सम्पादक सहित ५ पत्रकार जिल्ला प्रशासन कार्यालयबाट सम्मानित
- प्रकाशित मिति: सोमबार, बैशाख १६ २०७६
- तामाकोशी