रामेछाप । चैत २९ गते,
जातिय विभेद सामाजिक समस्याकै रुपमा रहेको रामेछापका सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले ०७५ चैत २९ गते जिल्ला सदरमुकाम मन्थलीमा आयोजना गरेका जातिय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो निष्कर्ष निकालेका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले जातको आधारमा हुने विभेद अन्तको लागि सामाजिक संकार र स्वरुपनै परिवर्तन हुनु पर्ने बताए । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले विभेद अन्तको लागि सामाजिक अन्तरघुलका कार्यक्रमहरुलाई प्रमुखताका साथ सञ्चालन गर्न लागिएको बताए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आएका उजुरी माथि कारबाही गर्नेसँगै सामाजिक सचेतनाका कर्यक्रमहरु आवश्यक रहेको बताए । रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोषकुमार भट्टराईले जातिय विभेद सामाजिक विकृति भएकोले यसको अन्तको लागि प्रहरी समुदायसँग मिलेर काम गर्न तयार रहेको बताए । सो कार्यक्रममा मानवअधिकारकर्मी, दलित अधिकारकर्मी, नागरिक संस्था अगुवा लगायतले समाजमा जातिय विभेद संस्कारकै रुपमा रहेकोले यसको अन्तको लागि सामाजिक अभियान आवश्यक रहेको बताए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत कल्पना आचार्य र मधु सुमनले रामेछाप जिल्लामा गरिएको समुह छलफलका आधारमा प्राप्त आधारलाई हेर्दा जातिय विभेद गम्भिर समस्याको रुपमा रहेको बताए ।
कार्यक्रममा गरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन श्रेष्ठ, उपाध्यक्ष रत्नप्रसाद कँडेल, नेपाल राष्ट्रिय दलित कल्याण संघ रामेछापका अध्यक्ष लेखबहादुर विक, इन्सेक प्रतिनिधि नवराज पथिक, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, प्याप्सन रामेछापकी कोषाध्यक्ष पार्वती पाठक, मन्थली माविका प्रधानाध्यापक टंकप्रसाद दाहाल, दलित अधिकारकर्मीहरु, दलित अगुवा लगायतले जिल्लाको अवस्था र समस्या समाधानको उपायको बारेमा बोलेका थिए ।
जातिय विभेद सामाजिक समस्याको रुपमा रहेको रामेछापका सरोकारवालाहरुको निष्कर्ष
- प्रकाशित मिति: शुक्रबार, चैत्र २९ २०७५
- तामाकोशी