रामेछाप । चैत २४ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगर भित्रको कुनै पनि स्वास्थ संस्थामा औषधि अभाव हुन नदिने बताएका छन् । विश्व स्वास्थ्य दिवसको अवसरमा मन्थली नगरपालिकाले नगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मिहरुसंग आइतबार अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् ।
स्वास्थ्य सेवामा सर्वब्यापी पहँुच ,सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ भएको कार्यक्रममा नगर प्रमुख बस्नेतले नगरमा उपलब्ध सम्पूर्ण श्रोत र साधनको अधिकतम प्रयोग गरेर नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन जोड दिने बताए ।
कार्यक्रममा मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशव फुयालले स्वास्थ्य क्षेत्रमा देखिएका केहि समस्याहरुलाई समाधान गर्दै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने बताए ।
सम्पूर्ण नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनका लागि सबै पक्षको सहयोगको आवस्यकता पर्ने भएकाले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने उनको भनाई छ । स्वास्थ सेवामा सर्बब्यापी पहुँच सबैका लागि स्वास्थ्य “ भन्ने मुल नाराका साथ नेपाल सि. आर .एस. कम्पनीको सहयोगमा मन्थली नगरपालिकाको आयोजना भएको कार्यक्रम मन्थली नगरपालिकाकी उपप्रमुख मायाकुमारी कार्कीको अध्यक्षता , मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । ,कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मी ,मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयाल लगाएत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कुनैपनि स्वास्थ संस्थामा औषधि अभाव हुदैन : नगरप्रमुख बस्नेत
- प्रकाशित मिति: आइतबार, चैत्र २४ २०७५
- तामाकोशी