पाथीभरामाईले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

  • प्रकाशित मिति: मंगलबार, चैत्र १९ २०७५
  • तामाकोशी

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रम सम्वत २०७५ साल चैत्र २० गते बुधबार नेपाल सम्बत ११३९ चिल्लागा तदनुसार सन् २०१९ अप्रिल ३ तारिक कृष्णपक्ष त्रयोदशी तिथि विहान १० वजेर ५४ मिनेटसम्म उप्रान्त चतुर्दशी तिथि,पूर्वभाद्रा नक्षत्र राती ३ वजेर २८ मिनेटसम्म उप्रान्त उत्तरभाद्रा नक्षत्र,शुक्लयोग, वणिजकरण,आनन्दादियोग पद्म,सूर्य मीन राशीमा,चन्द्रमा राती ८ वजेर ५३ मिनेटसम्म कुम्भ उप्रान्त मीन राशीमा । योगिनी विहान १० वजेर ५४ मिनेटसम्म दक्षिण उप्रान्त पश्चिम दिशामा,काल नैऋत्य दिशामा र चन्द्रमा पश्चिम दिशामा भ्रमण गर्नेछन् ।
यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।
मुहूर्त



अशुभ अभिजित मुहूर्तः– पूर्वान्ह ११ वजेर ४२ मिनेटबाट मध्यान्ह १२ वजेर ३२ मिनेटसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः विहान १० वजेर ३४ मिनेटबाट मध्यान्ह १२ वजेर ८ मिनेटसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–मध्यान्ह १२ वजेर ८ मिनेटबाट अपरान्ह १ वजेर ४१ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ७ वजेर २७ मिनेटबाट ९ वजेर १ मिनेटसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–पूर्वान्ह ११ वजेर ४२ मिनेटबाट मध्यान्ह १२ वजेर ३२ मिनेटसम्म रहनेछ ।

बार वेला
सूर्योदयबाट प्रातः ७ वजेर २८ मिनेटसम्म लाभ वेला,७ वजेर २८ मिनेटबाट ९ वजेर १ मिनेटसम्म अमृत वेला,९ वजेर १ मिनेटबाट १० वजेर ३४ मिनेटसम्म काल वेला,१० वजेर ३४ मिनेटबाट १२ वजेर ८ मिनेटसम्म शुभ वेला,१२ वजेर ८ मिनेटबाट १ वजेर ४१ मिनेटसम्म रोग वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर १४ मिनेटसम्म उद्वेग वेला,३ वजेर १४ मिनेटबाट ४ वजेर ४७ मिनेटसम्म चर वेला र ४ वजेर ४७ मिनेटबाट सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

बार वेला
सूर्यास्तबाट ७ वजेर ४७ मिनेटसम्म उद्वेग वेला,७ वजेर ४७ मिनेटबाट ९ वजेर १४ मिनेटसम्म शुभ वेला,९ वजेर १४ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म अमृत वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेर ७ मिनेटसम्म चर वेला,१२ वजेर ७ मिनेटबाट १ वजेर ३४ मिनेटसम्म रोग वेला,१ वजेर ३४ मिनेटबाट ३ वजेर १ मिनेटसम्म काल वेला,३ वजेर १ मिनेट बाट ४ वजेर २८ मिनेटसम्म लाभ र ४ वजेर २८ मिनेटबाट सूर्योदयसम्म उद्वेग वेला रहनेछ ।

मेषः– दिनको अधिकाँश समय अनुकुल देखिन्छ काममा ढिला सुस्ति नगरि अगाडि बढ्नु होला । वुद्धिको सदुपयोग गरेर काम गर्नु भयो भने धेरै काममा सफलता मिल्नेछ । राज्यसँग सम्बन्धित काम बन्ने छन् । नोकरीमा जिम्मेवारी बढ्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । साँझपख समय प्रतिकुल बन्नेछ । काममा अवरोध तथा खर्च विवाद बढ्नेछ ।

वृषः– कार्य क्षमता बढ्नेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । गरेका काम कुशलता पूर्वक सम्पन्न हुनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनसक्छ । वाणिज्य क्षेत्रमा नयाँ सम्भावना देखिने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार भाई बन्धुको सहयोग सहानुभूति मिल्नेछ । लगानीबाट फाइदा हुनेछ ।

मिथुनः–अनुकुलता भन्दा प्रतिकुलता बढि देखिन्छ काम गर्दा विचार पु¥याउनु होला । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ने अवस्था आउन सक्छ । बाह्य सम्बन्ध त्यति राम्रो हुनेछैन । घरडेराको समस्या पर्न सक्छ । सवैलाई आफन्त ठान्नु गलत हुनसक्छ । साँझपख समयमा सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्ने छन् ।

कर्कटः– गलत विचार बढ्नेछ । आत्मविश्वास घट्नेछ । अनाहकमा समय जानेछ । अनुत्पादक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिने देखिन्छ । स्वास्थ्यले पनि कम साथ दिनेछ । उच्च रक्तचाप बढ्न सक्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । नोकरी तथा राजनीति क्षेत्र पनि कमजोर देखिन्छ । विवाद बढ्न सक्छ ।

सिंहः– अपरान्ह पूर्वको समय सामान्य अनुकुल देखिन्छ । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । लोभ मोह बढ्नेछ । वैदेशिक काममा आंशिक सफलता मिल्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । साँझपख समय प्रतिकुल बन्नेछ । खर्च विवाद एवं स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्याः– सहज रुपमा काम गर्ने वातावरण मिल्ने छैन । मनमा दुविधा बढ्न सक्छ । पठन पाठनमा प्रगतिको सम्भावना क्षीण देखिन्छ । प्रेममा धोका हुनसक्ने कुरालाई नकार्न सकिन्न । मित्रहरुको सहयोग त्यति मिल्ने छैन । घर परिवारिका समस्याले छोड्ने छैन । घर डेराको समस्या पर्न सक्छ । यात्रा कष्टपूर्ण हुनेछ । विरोधी सक्रिय हुनेछन् ।

तुलाः– शारीरिक एवं मानसिक थकान बढ्नेछ । वैराग्यता त्यागेर काम गर्नु होला । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । आफन्तको काम गरेर जश पाइने छैन । दैनिक काम काजमा अवरोध आउनेछ । घरयासी समस्या बढ्नेछ । वुद्धि विवेकको प्रयोग गरेर काम गर्नु होला । व्यापार व्यवसायमा अवनति हुनेछ । खर्च बढ्नेछ ।

वृश्चिकः– काम गर्ने वातावरण मिलएर अगाडि बढ्नुहोला । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । घर परिवार साथी भाई इष्टमित्रबाट सहयोग पाईनेछ । काम गरेर मनग्य धन कमाउने अवर मिल्नेछ । आस्था र विश्वास बढ्नेछ । घरमा भेटघाट जमघट बढ्नेछ । भौतिक सम्पतिको वृद्धि हुनेछ । कार्य लगनशिलता बढाउनु होला ।

धनुः– दिनको अधिकाँश समय अनुकुल जस्तै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । कला सहित्यमा अभिरुची बढ्नेछ । मित्रको सहयोग पाईनेछ । वैदेशिक कामबाट लाभ हुनेछ । साँझपख समय प्रतिकुल बन्नेछ समयमा काम सम्पन्न गर्नु होला । महिलाको सहयोग लिएर काम गर्दा बढि फाइदा हुनेछ ।

मकरः– समय सुधारोन्मुख देखिन्छ । कार्य लगनशिला विस्तारै बढ्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । रिस,अहंकार र क्रोध नियन्त्रण गरेर काम गर्नु होला । मिलेर कुनै पनि काम नगर्नु होला । आएको अवसरको सदुपयोग गर्न सके धेरै उपलब्धि हात लाग्नेछ । साँझपख केहि नयाँ कामको बारेमा चिन्तन मनन हुनेछ । आत्म विश्वास बढ्नेछ ।

कुम्भः– सामान्यतया ग्रह गोचर अनुकुल देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । बाह्य सम्बन्ध त्यति राम्रो बन्ने छैन । राजनैतिक व्यक्तिको भर परेर कुनै काम नगर्न होला धोका हुनसक्छ । योजना बनाएर काम गर्नु होला । व्यापार व्यवसायबाट सामानय आम्दानी हुनेछ । आर्थिक कारोवार गर्दा एकपटक सोचेर मात्रै गर्नु होला ।

मिनः– दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । उधारो कारोवार गर्दा पछि उठाउन गाह्रो हुनेछ । अनुत्पादक खर्चमा वृद्धि हुनेछ । विश्वास र भरोसा टुट्न सक्छ । आर्थिक हिनामिनाको आरोप लाग्न सक्छ । साँझपख समयमा सुधार आउनेछ । केहि काम हुनेछन् ।