रामेछाप । चैत्र १६ गते ,
नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवस रामेछापमाा पनि एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । पत्रकार महासंघ जिल्ला शाखा रामेछापको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका
अध्यक्ष रमेश ढुंगेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको विषय वर्तमान सन्दर्भमा पत्रकारहरुको भुमिका राखिएको थियो । त्यस अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का,मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत,प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा,लिखुतामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल,नेकपा रामेछापका सचिव आनन्द श्रेष्ठ,नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ,राप्रपा नेपालका जिल्ला अध्यक्ष रामचन्द्र शर्मा कँडेल,नेपाल पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्री नयाँघरे,लगायतले देशको वर्तमान परिस्थिती र अहिलेको सञ्चारमाध्यमले प्रस्तुत गरिरहेका समाचार र सामाग्रीको विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।
वक्ताहरुले नेपालको शासन व्यवस्थापनमा परिवर्तन ल्याउनको लागी सञ्चारमाध्यामले खेलेको भूमिका उच्च रहेको भन्दै अबका दिनमा सुशासन र स्थिरताको पक्षमा कलम चलाउन सुझाव दिएका थिए । कार्यक्रमको उदेश्यका बारेमा नेपाल पत्रकार महासंघ रामेछापका पूर्वाअध्यक्ष एवं अग्रज पत्रकार टिकाप्रसाद भट्टले जानकारी दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले नेपालको पत्रकारीताको ऐतिहासिक घटनाक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष युनिक बिफा घिसिङ,प्रेस सेन्टरका अध्यक्ष सुमित श्रेष्ठ,प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ३ नम्बर प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ , क्रियाशिल पत्रकार महिला रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठ लगायत को उपस्थिती रहेको थियो । महासंघको स्थापना २०१२ साल चैत १६ गते भएको हो ।
पत्रकार महासंघको ६४औँ स्थापना दिवसमा रामेछापमा अन्तरक्रिया
- प्रकाशित मिति: शनिबार, चैत्र १६ २०७५
- तामाकोशी