रातभरी सुतेकै छैन भन्दै करिश्मा एक्कासि मिडियामा,खास कारण यस्तो पो रहेछ (भिडियो)

  • प्रकाशित मिति: सोमबार, चैत्र ११ २०७५
  • तामाकोशी

काठमाडौं – चर्चित नायिका करिश्मा मानन्धर हिजोबाट सुरू माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छन् । ढेसालामा अध्ययन सुरु गरेकी उनले विजय स्मारक मावि डिल्लीबजार परीक्षा केन्द्रबाट एसईईमा सहभागि भएकी हुुन् ।
मानन्धर त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् । एसईईको तयारीकालागि उनी नियमित स्कुल गएकी थिइन् । सानै उमेरमा कलाकारितामा लागेकी मानन्धरले बिचैमा पढाई छाडेकी थिइन् । लामो समय अमेरिका बसेर फर्कीएकी उनी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँशक्ती पार्टीकी नेतृ पनि हुन् ।

१४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर फिल्म क्षेत्रमा लागेकी उनी त्रिवेणी स्कुलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । फिल्म क्षेत्रमा रहदा अध्ययनमा चासो नदिएकी उनले राजनीतिमा लागेपछि ४५ वर्षको उमेरमा अध्ययनलाई निरन्तरता दिएकी हुन् । गणित र अकाउण्ट बिषयको ट्यूसन पढेकी मानन्धरले एसईई पास गर्ने बताइन् ।



आजबाट सुरु एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।
हेर्नुहोस् भिडियो…