काठमाडौं। हास्य टेलिश्रृंखला मेरी बास्सै बन्द हुने खतरामा पुगेको छ । यसका मुख्य कलाकार, लेखक तथा निर्देशक राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्बेले एकैपटक शो छाडेपछि संकटमा परेको हो ।मरिचमान श्रेष्ठ अर्थात बल्छीले निर्माण कम्पनी मिडिया हबसँग विभिन्न विषयमा सहमति हुन नसक्दा ‘मेरी बास्सै’बाट अलग भएको फेसबुक मार्फत जानकारी दिएका हुन् । । टेलिश्रृंखला निर्देशन एवं लेखनमा सक्रिय दुवैजना अबको ५९५ भागमा देखिने छैनन्।
मरिचमान श्रेष्ठले फेसबुकमा लेखेका छन् ‘एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुन दिशामा नि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर हजुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ।
प्रसङ्ग मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे९माग्ने बुढा०तथा सिताराम कटेल९धुर्मुस० ले छोडेपछि हामीद्वय राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आएको मेरी बास्सै मिडिया हबसंग विभित कुरामा सहमती हुन नसक्दा आजको मितीबाट हामील मेरी बास्सै बाट अलग भएका छौँ। यस कदमबाट हाम्रा भगवानरुपी दर्शकहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छौँ। हाम्रा दर्सकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाडो भन्दा चाडो यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौँ। र सधै यस्तै मायाको अपेक्षा गर्नेछौ। धन्बाद । बल्छीरराजु।’दुवै जना अब नयाँ टेलिश्रृंखलामा देखिने चर्चा पनि बाहिर आएको छ ।