अछाम कमल बजार नगरपालिकामा कमल पोखरी निर्माण हुदै

  • प्रकाशित मिति: शनिबार, चैत्र ९ २०७५
  • तामाकोशी

नरेन्द्र रावल,चैत्र ९, अछाम । अछामको कमलबजार नगरपालिकामा पर्यटकलाई आक्रर्षित गर्ने उदेश्याले कमल पोखरी निर्माण भैरहेको छ । कमलदहका नामले चिनिने गरेको कमलबजारमाको सोही स्थानको दुई रोपनी जग्गामा बन्नलागेको कमल पोखरी ३२ मिटर लम्बाई र ३२ मिटर चौडाई सहित तिन मिटर गहिरो र बिचमा शिव मंन्दिर निर्माण भैरहको छ ।
करिब ६० लाखको इस्टीमेट लागतमा निर्माण भैरहेको पोखरी कमलबजारको अस्तित्व झल्काउने र यहाँ आउने जो कोही पर्यटकहरुले यस्को अवलोकन गरी मुख्य धार्मिक पर्यटकिय क्षेत्र पाचुलिको अवलोकन गर्न सहज हुने भइको छ ।

गत बर्ष देखी क्रमागत रुपमा निर्माण भैरहेको कमल पोखरी ऐतिहसीक बनाईने र अर्थिक अभावका कारण आगामी बर्ष सम्पन्न गरीने कमलबजारका नगर प्रमुख ओमप्रकाश बिष्टले बताउनु भयो ।
सो पोखरीमा कमल बजार नगरपालिकाको आर्थिक सहयोग तथा रुडेक अछामको प्रबिधिक सहयोग रहेको बताउदै ६० प्रर्तिषत काम सम्पन्न भएको कमलबजार नगरपालिकाका सब ईन्जीनियर सम्शेर कार्की । पछिल्लो समय नगरमा बन्न लागेको कमल पोखरीले पुर्बि अछामको महत्व बढाउने भएको बताउदै स्थानियबासी पुष्प अधिकारी । पोखरीको निर्माण कार्य पुर्ण रुपमा सम्पन्न भएपछी पुर्बि अछाम आउने जो कोही पर्यटकलाई आक्रषाण गर्ने भएको छ ।