विपद जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलनका बारेमा छलफल

  • प्रकाशित मिति: आइतबार, चैत्र ३ २०७५
  • तामाकोशी

मन्थली, चैत ३ गते।
रामेछापको सदरमुुकाम मन्थलीमा विपद जोखिम न्यूनिकरण तथा जलवायु परिवर्तन अनुकुलनका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफलमा बन क्षेत्रसंग सम्बन्धित व्यक्ती सरोकारवाला को सहभागिता रहेको थियो । छलफलको आयोजना सामुदायिक बन उपभोक्ता महासंघ रामेछाप ले गरेको हो । कार्यक्रमको समन्वय डिभिजन बन कार्यलय रामेछाप, पहाडी समाजकल्याण केन्द्र दोरम्बा, सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले गरेका थिए ।
सामुदायिक बन उपभोक्ता महाासंघ रामेछापका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष भारती पाठक रहेका थिए । कार्यक्रममा बोल्दै सामुदायिक बन उपभोक्ता महाासंघ का केन्द्रिय अध्यक्ष भारती पाठकले नेपालले अहिले जलवायु परिवर्तनको असर भोगीरहेको उल्लेख गरिन् । उनले जलवायु परिवर्तनको कारण खडेरी, डडेलो, बाढी पहिरो, जस्ता प्राकृतिक विपत्तीका घटनाहरु बढेको बताउदै आर्थिक स्थिति कमजोर भएको मुलुकमा झनै ठूलो असर परेको बताइन् । जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न वातावरण संरक्षणमा जोड दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष पाठकले अहिले वन क्षेत्रको बारेमा केन्द्र प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको विषयमा समस्या रहेका बताइन् । कानुन बनाएर छिटै बन क्षेत्रको बारेमा टुङ्गो लगाउनुपर्ने अध्यक्ष पाठकको भनाई छ ।
कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारी कार्की, रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, लिखुतामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल, सामुदायिक बन उपभोक्ता महाासंघ केन्द्रिय सदस्य ढालविक्रम कार्की, ३ नं प्रदेशका अध्यक्ष विनोद सापकोटा, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ, सबल परियोजना रामेछापका प्रमुख दील बहादुर नेपाली लगायतले आफ्नो मन्तव्य राखेका थिए ।