काठमाडौँ। नेपाल आइडलको दोस्रो सिजनबाट चर्चामा आएकी गायिका हुन् करिश्मा बिस्ट। नेपाल आइडलको धनगढी अडिसनमा विष्टले यस्तो र्याप गाइन् की सबै जजहरू चकित परे । उनले आफ्नो जीवन र युवापुस्ताको विषयमा र्याप बनाएर स्टेजमा प्रस्तुत गरेका थिए जुन सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो। उनी नेपाल आइडलको थिएटर राउन्डबाट बाहिरिए पनि छोटो समयमा आफूलाई चिनाउन सफल भइन्।
केही समय अगाडि अत्तरियाकी बिस्टको पहिलो रेकर्डेड गीत ‘इको नि लाग्यो…’ नेपाल आइडलको युट्युबबाट सार्वजनिक भएको थियो। उनले स्वर्गीय र्यापर यम बुद्धको सम्झनामा एउटा गीत तयार परेकी छिन्। लाली गुराँस डेलीसँगको कुराकानीमा उनले उक्त र्याप सुनाइन्।
हेर्नुस् भिडियो।