रामेछाप, फाुगुन २६ गते । रामेछापको खाँडादेवी गाउँपालिकाको वडा नं ६ का सबै घरमा विद्युत सेवा पुग्ने गरि विद्युत लाइन विस्तार गरिएको छ । सबै घरमा विद्युत पुग्ने गरि विद्युत लाइन विस्तार गरिएसँगै खाँडादेवीको वडा नं ६ को माकादुमलाई उज्यालो माकादुम घोषणा गरिएको छ ।
वडा कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरि उज्यालो माकादुम घोषणा गरेको हो । वडाअध्यक्ष पुष्कर कार्कीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङको प्रमुख आतिथ्यतमा माकादुममा भएको कार्यक्रममा उज्यालो माकादुमको घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले शिक्षाको उज्यालो र बिजुलीको उज्यालो खाँडादेवी गाउँपालिकाको पहिलो प्राथमिकताको योजनामा रहेको बताए । उनले पर्याप्त कर्माचारीको व्यवस्था नहुँदा सोचेजस्तो काम गर्न नसकेको भए पनि आधारभूत आवश्यकता पूर्ति गर्न नीति बनाएरै काम गरि रहेको बताए ।
गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले विद्युत लाइन विस्तारले माकादुमममा समृद्धिको आधार तयार भएको बताए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष कार्कीले आपूmले गरेको प्रतिवद्धता अनुसार आफैले पोल बोक्ने र तार तान्ने काम गरेर भए पनि माकादुममा तोकेको समय भन्दा अघि नै बत्ति बालेको बताए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण मन्थली वितरण केन्द्रका प्रमुख विनोद अधिकारी, खाँडादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु सुवेदी, विद्युत प्राधिकरणको मन्थली वितरण केन्द्रका प्रशासकिय प्रमुख तिर्थ आचार्य, प्राविधिक प्रमुख दीपक बस्नेत लगायतले बोलेका थिए । उनीहरुले विद्युतको उचित प्रयोग गर्न र जोखिमबाट जोगिन जोड दिएका थिए ।
(फोटो फिचर)









