रामेछाप । फागुन २५ गते,
रामेछापमा जिल्लामा सरुवा भई आएका नयाँ प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईले जिल्लामा संञ्चारकर्मीहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले शनिबार आयोजना गरेको पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भट्टराइले सो कुरा बताएका हुन् ।
कार्यक्रममा पत्रकारहरुले जिल्लाको वस्तुस्थित र प्रहरीले खेल्नु पर्ने भूमिको बारेमा जानकारी गराएका थिए । पत्रकारहरुबाट प्राप्त सुझाव ग्रहण गर्दै उनले जिल्लाको शान्ति सुरक्षा तथा सूचना प्रवाहको विषयमा आफु सञ्चारकर्मीहरुसंग समन्वय गरेर अघि बढ्ने उनले बताए । 
उनले पत्रकारहरुलाई प्रहरीबाट भएका कमजोरीहरुलाई औल्याईदिन समेत आग्रह गरे । प्रहरीले गर्ने सकारात्मक काममा आफुहरुले सँधै सहयोग गर्ने पत्रकारहरुले बताएका थिए ।
उनीहरुले प्रहरी प्रमुखलाई ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षा तथा प्रहरी र समुदाय बिचको सहकार्यको काम अघि बढाउन सुझाव दिएका थिए । उनीहरुले सूचनामा सहज पहुँचको व्यवस्था मिलाउन पनि आग्रह गरेका थिए ।