काठमाडौं- नेपाली चलचित्र जगतमा दशकौँ दशक एकछत्र राज गर्नु भएका महानायक राजेश हमाल पछिल्ला दिनहरुमा टेलिभिजन कार्यक्रमहरुमा व्यस्त हुनुहुन्छ । उहाँका पछिल्ला निक्कै आश गरिएका दुई चलचित्र ‘बागमती’ र ‘सकुन्तला’ ले बक्सअफिसमा राम्रो कमाई गर्न नसकेपछि अभिनेता हमाल करिब दुइ वर्षदेखि चलचित्रमा देखिनु भएको छैन ।
तर अब हमाल आफै चलचित्र निर्माण र निर्देशनमा होमिने तयारी गरिरहेको खुल्न आएको छ । एक चर्चित चलचित्र सिरिजमा देखिने चर्चा भइरहेको छ । सन्तोष सेनले निर्माण गर्ने ‘प्रेमगीत ३’ मा हमालले अभिनेता प्रदीप खड्काको बुवाको भूमिका निभाउने चर्चा भइरहेको छ । यस बारेमा आधिकारीक जानकारी आएको छैन् ।
हमाल बिबाह पछि चलचित्रमा भन्दा अन्य कार्यक्रमहरुमा अलिक व्यस्त रहने गर्नुभएको छ । यहीबीचमा उहाँ अब बाबुको भूमिकामा देखिने हुनु भएको छ । उहाँ बाबुको रुपमा देखिएको चलचित्र खासै छैन । यसैले यो खबर आएपछि अभिनेता हमाल बाबु बन्ने भन्दै खबरहरु खुबै भाइरल बनिरहेका छन् ।