काठमान्डौमा विश्व सम्पदा संरक्षण तथा सरसफाई अभियानको पहिलो कार्यक्रम समापन,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २२ २०७५
  • तामाकोशी

काठमाडौं – VISIT NEPAL 2020 को अवसरमा आयोजित “काठमान्डौ विश्व सम्पदा संरक्षण तथा सरसफाई अभियान “को हिजो पहिलो दिन एकदमै सफल्ताका पुर्वक समापन भयो । बिहान ७:०० बजे बाट सुरुवात गरि ११ :०० बजे समापन भएको उक्त सरसफाई कार्यक्रममा ३० भन्दा बढी जनाको उपस्थिति रहेको थियो । काठमान्डौ उपत्यका भित्र रहेका ७ वटा विश्व सम्पदा क्षेत्रहरुमा फोहोर नियन्त्रण गर्न यो अभियान चलाइएको यस अभियानका संयोजक सौगात क्षेत्रीले तामाकोशी अनलाईनलाई जानकारी दिनु भएको छ ।



नेपालि राजनीति खिचातानीले गर्दा विश्व सम्पदाका नामले चुलिएका सम्पदाको उचित कार्य व्यवस्था भएको छैन । केहि जोखिम अवस्थामा रहेका छन् । ति सम्पदाको जग्रेना त्तथा आन्तरिक पर्यटक तथा बिदेशी पर्यटकलाई सहज बाताबरणमा अनुगमन गर्न सकुन त्यो क्षेत्रको बातावरण स्वाच्छ राख्नको लागि हामीले यो अभियान चालेका छौ । आशा छ हामीलाई सवैले उतिकै माया गर्ने छन् तह र तप्काबाट हामीले सहयोगको अपेक्षा पनि राखेका छौ । अब दोस्रो कार्यक्रम आउदो फाल्गुन २५ गते शनिबार १०:०० बजेबाट फेरी सरसफाई अभियान चलाउने छौ ।