एयरपोर्टमै यसरि चलेको थियो रुवाबासी : पलाष्टिकको पोकोमा मन्त्री रवीन्द्र अधिकारीको मृतक शरीर देखि मृतक पाईलट,सुरक्षाकर्मि काठमाण्डौमा

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन १६ २०७५
  • तामाकोशी

फागुन, काठमाडौं । आज राष्ट्रिय शोक घोषणा भएको दिन काठमाडौंको वातावरण उदास बनेको छ । काठमाडौंवासी मात्र होइन, सिंगै प्रकृति उदास बनेझैं प्रतीत भएको छ ।

बिहीबार बिहान उपत्यका वरपरका डाँडाकाँडाहरु हिउँले सेताम्य बनेका थिए । केहीबेर घाम लागे पनि हेलिकोप्टर दुर्घटनामा मृत्युवरण गरेका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइपुर्‍याउँदा यहाँको मौसममा समेत बदलाव देखिएको छ ।



नेपाली सेनाको एमआई- १७ हेलिकोप्टरमार्फत् ताप्लेजुङको सुकेटारबाट मन्त्री अधिकारीसहित सातै जनाको शव राजधानी ल्याइएको छ । शिक्षण अस्पतालमा पोष्टमार्टम गरिसकेपछि दिउँसो ३ बजेदेखि टुँडीखेलमा मन्त्री अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने  भनेको थियो तर आज भने सो कार्यक्रम स्थगित भएको छ  ।

दुर्घटनामा अधिकांशको शरीर जलेको अवस्थामा रहेकाले कतिपय शवहरु चिन्नसमेत गाह्रो भएको र यो अवस्थामा पोष्टमार्टमका लागि समय लाग्न सक्ने भएकाले टुँडीखेलको समयतालिका प्रभावित हुन गएको स्रोतले खुलाएको छ  ।

देशले यतिखेर बहालवाला नौजवान मन्त्रीलाई गुमाएको छ । मन्त्रीका साथमा उदीयमान पर्यटन व्यवसायी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, इञ्जिनियर, पाइलट एवं सुरक्षाकर्मीसमेत देशले गुमाएको छ । यतिबेला सिंगै देश शोकमग्न छ । हामीले यहाँ शोकाकुल अवस्थाका केही तस्वीरहरु पाठकसमक्ष प्रस्तुत गरेका छौं ।

https://youtu.be/7G2hnd6etvs